कांग्रेस सभापति देउवा, जसपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता, राजनीतिको कोर्ष बदलियो
काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवासँग जसपा अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोले डेढ घण्टा लामो छलफल गरेका छन् । उनीहरुको छलफल प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा लिन लागेको विश्वासको मतमाथि केन्द्रीत भएको थियो ।
देउवालाई उनीहरुले विश्वासको मत दिने विषयमा आफ्नो पार्टी तटस्थ बस्ने जानकारी गराएको थिए । पछिल्लो समय ओलीसँगै संवादमा रहेको जसपाको ठाकुर–महतो समूहले कसैको सत्ता टिकाउन वा गिराउन आफ्नो पार्टीको भुमिका नरहने स्पष्ट पारेका थिए ।
‘विश्वासको मतमा जसपा तटस्थ बस्छ,’ राजेन्द्र महतोको भनाईलाई उदृष्ढ गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘उपेन्द्र यादवजीको कुरामा नलाग्नुहोस् ।’
बैठकमा वैकल्पिक सरकारको सम्भावना नभएकाले अर्ली चुनावका विषयमा पनि छलफल भएको बुझिएको छ । जसपाको ठाकुर–महतो समूह यदी तटस्थ बसेको खण्डमा प्रधानमन्त्री ओलीकोे बहिर्गमन निश्चित छ । ओलीको बहिर्गमनका लागि एमालेका माधव नेपाल समूहका नेताहरुले राजीनामा पनि दिन पर्ने छैन् ।