दिपक मनाङेको मन्त्री पद चट !

आइतबार, २६ बैशाख २०७८

पोखरा – युवा तथा खेलकुद मन्त्री दिपक मनाङेको १० दिनमै मन्त्री पद चट भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको राजीनामा दिएसँगै उनको मन्त्री पद चट भएको हो ।

उनी यही वैशाख १६ गते गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पछिल्लो समय आफ्नो पद धरापमा परेपछि मनाङेलाई मन्त्री बनाएर आफ्नो पद सुरक्षित गर्न खोजेका थिए । तर, मुख्यमन्त्री गुरुङले आपm्नो विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्तावमा मतदान हुनुभन्दा अघिल्लो दिन राजीनामा दिएपछि मनाङेको मन्त्री पद १० दिनमै गुमेको हो ।

मनाङे स्वयंले आफू दुइ साता मन्त्री रहने निश्चित हुँदाहुँदै पनि छोटो समयमा सिस्टम बसालेर छाड्नका लागि मन्त्री बनेको प्रतिक्रिया दिएका थिए । मन्त्री बनेको १० दिनमै मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि उनी पनि काम चलाउ भएका छन् ।