यस्तो छ पछिल्लो २४ घण्टाको कोरोना अपडेट
पछिल्लो २४ घण्टामा ११ हजार ५२७ नमूना परीक्षणमा २६ सय २२ जनामा कोरोना भाइरस संक्रमण ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा परीक्षण गराएका ११ हजार ५२७ नमूनामा २६ सय २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
७६ सय ९९ नमूनाको पीसीआर र ४ हजार २८ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट १७ सय ४५ जना र एन्टिजेन विधिबाट ८७७ जनामा संक्रमण देखिएको हो।
यस्तै पछिल्लो २४ घन्टामा थप २२ सय ११ जना कोरोनामुक्त भएका छन्। कोरोनाबाट निको हुने दर ९४।६ प्रतिशत हो। मन्त्रालयका अनुसार सोमबार २३ जनाको कोरोना संक्रमणबाट निधन भएको छ। यो सहित नेपालमा कोरोनाबाट निधन हुनेको संख्या ९ हजार २४८ पुगेको छ।