नारायणकाजी श्रेष्ठ आजैका मितिदेखि नेपाली कांग्रेसमा प्रवेश
असार – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभामा अस्वभाविक हर्कत देखाएका छन् । माओवादीका प्रवक्तसमेत रहेका राष्ट्रियसभा सदस्य श्रेष्ठले राष्ट्रियसभा बैठकमा माओवादी केन्द्र त्यागेर कांग्रेसको सिपमा बस्दै अस्वभाविक हर्कद देखाएका हुन् ।
नेकपा हुँदा नेकपा एमालेका मतदाताको भोटबाट राष्ट्रियसभा निर्वाचित भएका श्रेष्ठले आजको बैठकबाट कांग्रेस प्रवेश गरेको संकेत दिएका हुन् । माओवादी केन्द्रका सांसदका लागि तय गरिएको रोहमा नबसी कांग्रेसतिर लागेपछि उनी कांग्रेस प्रवेश गरेको पुष्टि भएको हो ।
बैठकमा श्रेष्ठले आफ्नो दलका नेता दिनानाथ शर्मा भन्दा पछाडि बस्नु परेपछि माओवादीको रोह नै त्यागेर कांग्रेसका लागि तय गरिएको पहिलो रोहमा बसेको स्पष्ट पारेका छन् । राष्ट्रियसभा सचिवालयले यस बिषयमा कुरा गर्दा कांग्रेसका नेताहरुले श्रेष्ठले कांग्रेसको रोहमा बस्ने चाहना गरेको र पहिलो रोह आफ्ना इज्जतका लागि राखिदिन भनेपछि आफूहरुले बस्दा आपत्ति नजनाएको जवाफ दिएका छन ।
संसदमा सम्बन्धित दलका सांसदका लागि तय गरिए भन्दा अर्को दलको रोहमा गएर बस्ने श्रेष्ठ पहिलो नेता हुने । पहिलो रोहमा बस्न नपाएकै कारण श्रेष्ठले माओवादी रोह नै परित्याग गरी कांग्रेसतिर गएका हुन् । यस बिषयमा माओवादी दलका नेता शर्माले श्रेष्ठलाई प्रश्न गरे पनि आफू जता मन लाग्यो त्यतै बस्ने जवाफ फर्काएको स्रोतको भनाई छ ।
यसरी अर्को दलको रोमा गएर बसेपछि स्वतः दल त्याग गरेको ठहरिने विष्लेषण भईरहेको छ । उनले अगाडी गएर बसेपछि पदका कति भोका रहेछन् भन्ने पनि पुष्टि भएको छ । कुर्सीकै लागि उनले आफ्नो पार्टी त्याग्ने हिम्मत गरेका छन् ।
नाराणकाजीकै कारण तत्कालिकन एमाओवादीका उपाध्यक्ष मोहन बैद्य, अर्को उपाध्यक्ष बाबुराम भट्टराई, नेता नेत्रविक्रम चन्द ’विप्लव’ले प्रचण्डको साथ छोडेका थिए । यो घटनाले अब पार्टी छोड्ने पालो दिनानाथ शर्माको आएको पनि विष्लेषण भइरहेको छ ।