काठमाडौंको यी ३२ स्थानमा आजदेखि भेरोसेलको दोस्रो मात्रा खोप लगाइँदै

मंगलबार, २२ असार २०७८

काठमाडौं– काठमाडौंमा आजदेखि कोराना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा खोप लगाइने भएको छ।

पहिलो खोप लगाएकाहरुलाई खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ। कार्यालयले काठमाडौं जिल्लाका ३२ वटा खोप केन्द्रको सूची समेत सार्वजनिक गरेको छ।

भेरोसेलको दोस्रो मात्रा लगाउन आफूलाई पायक पर्ने स्थानमा बिहान १० देखि अपरान्ह ४ बजेसम्म जानुपर्नेछ। पहिलो मात्राको खोप लगाएको कार्ड साथैमा लिएर आउन महानगरले आग्रह गरेको छ।

सरकारले गत जेठ २५ देखि २९ सम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाएको थियो।