कविताको चौतर्फी आलोचना भएपछि कोमल वलीले मुख खोलिन्, कसलाई के भनिन् ?

मंगलबार, २२ असार २०७८

काठमाडौं– राष्ट्रिय सभामाको बैठकमा एमालेबाट सांसद कोमल वलीले वाचन गरेको ‘बाँदरको जमात र अमृतपानको सपना’ कविताबारे सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय राष्ट्रिय सभा सदस्य वलीले त्यो कवितामार्फत एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षलाई कटाक्ष गरेको धेरैको बुझाइ छ। कवितामा उनले बाँदर, छेपारोजस्ता शब्द प्रयोग गरेकी छन्।

त्यस कविताबारे सामाजिक सञ्जालमा पक्ष र विपक्षमा प्रतिक्रिया आइरहेका छन्। कतिपयले गायिकासमेत रहेकी सांसद वलीको कडा आलोचना पनि गरिरहेकी छन्।

व्यापक आलोचना हुन थालेपछि सांसद वलीले स्पष्टीकरण नै दिएकी छन्।उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मेरा धारणाहरू कुनै व्यक्तिप्रति लक्षित छैनन्। देश समाज र जनताप्रति समर्पित छ। देश र जनताका लागि बोल्दा कलमहररू कसैलाई निरुत्साहित गर्न चल्नुपर्छ भन्ने छैन। कसैलाई निरुत्साहित गर्न व्यक्तिगत कुरा उठाएर बहादुरी पनि प्राप्त हुँदैन। यो कुरा भौतिक शरिरको अन्त्य हुनेहरूले सोच्नुपर्छ।’

यस्तो छ, राष्ट्रिय सभाको बैठकमा उनले सुनाएको कविताः

बाँदरहरूको आफ्नो देश हुँदैन, बाँदरहरूको निश्चित भेष हुँदैन
छेपाराजस्ता मौसमी रंग बदल्ने बाँदरहरूको स्थायी परिवेश हुँदैन

कहिले मिलेका छन्, कहिले फुटेका छन्,
ईष्र्या भट्टीमा आफ्रंलाई भुटेका छन्,​

आँखाभरि लोभ पापको पिपासा बोकेर,
आजकल बेबारिसे बाँदर विनासका मेलामा जुटेका छन्

अलिकति चेतना भएको भए
हामी र हाम्रो भन्न सक्थे
हालेको जग बचाएको भए
सुन्दर घरबास बन्न सक्थे

आखिर बाँदर न हुन्,
भोलिको प्रतिक्षा कहाँ गर्छन्