लोक सेवा आयोगले खोल्यो विज्ञापन (सूचनासहित)

बुधबार, २३ असार २०७८

काठमाडौं– लोक सेवा आयोगले बुधवार केही विज्ञापन खोलेको छ भने केही विज्ञापन रद्द गरेको छ ।

नेपाल इन्जिनीयरिङ सेवा, नेपाल कृषि सेवा र नेपाल वन सेवाका पदहरूमा बढुवा, आन्तरिक प्रतिस्पर्धा, खुला तथा समावेशी पदका लागि विज्ञापन गरिएको छ ।

आयोगले व्यवस्थापिका संसद, सामान्य प्रशासन सेवातर्फका केही विज्ञापनको नतिजा प्रकाशित गर्दै अन्तर्वार्ताका लागि बोलाएको छ ।

कोरोना भाइरस संक्रमण बढेपछि रोकिएका आयोगका गतिविधि संक्रमण घटेसँगै सञ्चालनमा आएका छन् ।

पढ्नुहोस् सूचना –