एमाले कार्यदल बैठक बस्दै, के छन् एजेण्डा ?
काठमाडौंं – नेकपा एमालेको कार्यदलको बैठक अहिले बिहान पुनः बस्दैछ । पार्टीभित्रको विवाद र अध्यक्ष ओली तथा वरिष्ठ नेता नेपालबीच संयुक्त वक्तव्य जारी गर्ने विषयमा छलफल गर्न आज बिहान ८ बजे बस्न लागेको हो ।
यसअघि सोमबार र मंगलबार सम्पन्न बैठकमा पार्टी विवादका विषयलाई कसरी टुंगोमा पुर्याउने भन्ने विषयमामा छलफल भएको थियो।
यसअघिको बैठकमा पार्टीभित्रको विवादित विषय, भिन्न मत र असहमति कहाँ–कहाँ छन् र यसलाई कसरी समाधानमा पुर्याउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको कार्यदलका सदस्य नेता गोकर्ण विष्टले बताए।
एमालेको एकता जोगाउन भन्दै केही समय अगाडि गठन भएको कार्यदल सोमबारदेखि सक्रिय बनेको छ ।