माओवादी केन्द्र खारेज हुने, यस्तो छ तयारी
काठमाडौं – नेकपा माओवादी (केन्द्र) अवैध भइसकेको भन्दै सर्वोच्चले नेकपा भंग गरेपछि केपी ओली नेतृत्वमा लागेका पूर्वमाओवादी नेताहरु निर्वाचन आयोगमा जान लागेका छन् ।
हाल एमालेमा क्रियाशील रहेका पूर्व माओवादीहरूले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) अवैधानिक रहेको प्रमाणसहित आयोगमा जाने तयारी गरेको नेता लिलबहादुर थापाले बताए ।
माओवादी केन्द्रको बैधानिकता समाप्त भैसकेको दाबीसहित उनीहरुले नेकपा माओवादीको खारेजीका लागि निर्वाचन आयोगमा निवेदन दिने भएका हुन्।
माओवादी केन्द्रको महाधिवेशन नभएको र एकीकृत माओवादीको नामबाट क्रियाशील पार्टी कसरी माओवादी केन्द्र बन्यो रु जस्ता प्रश्नहरु उनीहरूले उठाएका छन् ।
थापाले भने, ‘बर्सौंदेखि महाधिवेशन नभएकोले माओवादी केन्द्र अवैध छ। आफैं अवैध रहेको पार्टीले गरेको कारवाही पनि अवैध छ। यही विषय लिएर निवेदन दिन १२स्३० मा निर्वाचन आयोग जादैछौं ।’
माओवादी केन्द्रको सातौँ महाधिवेशन २०६९ साल माघमा भएको थियो। राजनीतिक दल सम्बन्धी व्यवस्थामा पाँच वर्षभित्रै महाधिवेशन गरिसक्नुपर्ने प्रावधान छ। ६ महिना म्याद थप्न मिल्ने प्रावधान बमोजिम पनि ७५ असार भित्रै भैसक्नुपर्ने महाधिवेशन अहिलेसम्म नभएकोले माओवादी केन्द्रको वैधानिकता स्वतः खारेज भएको माओवादी छाडेका नेताहरुको दाबी छ