प्रधानमन्त्री देउवालाई भारत भन्दा पहिला चीनले दियो बधाई

शुक्रबार, १ साउन २०७८

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटघाट भएको छ ।

प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा राजदूत प्रधानमन्त्री देउवा र राजदूत यान्छीबीच भेटघाट भएको हो ।

नवनियुक्त प्रधानमन्त्री देउवालाई भेट्न राजदूत यान्छी बालुवाटार पुगेकी थिइन् । मंगलवार प्रधानमन्त्रीमा देउवा नियुक्त भएपनि चिनियाँ तर्फबाट कुनै पनि बधाई तथा शुभकामना आएको थिएन् ।

भेटघाटको क्रममा यान्छीले प्रधानमन्त्री देउवालाई बधाई र शुभकामना दिएकी थिइन् । आजको भेटघाटमा दुईदेशबीचको सम्बन्धका विषयमा समेत छलफल भएको थियो ।

 

 

देउवा प्रधानमन्त्री बनेपछि भारतले अहिलेसम्म बधाई दिएको छैन् ।