घर नजिककै जङ्गलमा भेटियो सम्झनाको सव
काठमाडौँ –१० दिनदेखि हराइरहेकी सम्झनाको सव नजिकैको जङ्गलमा भेटिएको छ । गजुरी गाउँपालिका वडा नम्बर ८ स्थित जंगलमा अन्दाजी २० वर्षीया सम्झना रोकाको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले आइतबार बिहान सम्झनाको सव फेला परेको जानकारी दिए। उनी गत साउन १ गतेदेखि बेपत्ता भएकी थिइन्।
‘१० दिनदेखि हराइरहेकी थिइन् । आज घर नजिकैको जंगलमा उनको सव फेला परेको भन्ने खबर छ,’ प्रहरी उपरीक्षक खड्काले भने। घटनाबारे अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक सहितको टोली घटनास्थल पुगेको थियो।
आइतबार आफन्तले उनको शव फेला परेको प्रहरीलाई खबर गरेका थिए। अनुसन्धान अधिकृतसहितको प्रहरीको टोली घटनास्थल पुगेपछि मात्रै थप कुरा खुल्ने खड्काले बताए।