स्वास्थ्य मन्त्रालयबाट आयो खुशीको खवर

आइतबार, १७ साउन २०७८

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सर्वासाधारणका खुशीको खवर आएको छ । मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र दिँदा कुनैपनि प्रकारको शुल्क नलिन सम्बन्धित अस्पतालहरूलाई निर्देशन दिएको छ ।

सरकारले निशुल्क गर्ने भनिएको खोप प्रमाणीकरण प्रक्रियामा तोकिएका केही अस्पतालहरूले शुल्क लिएको पाइएपछि मन्त्रालयले कुनै प्रकारको अतिरिक्त शुल्क नलिन निर्देशन दिएको हो ।

खोप प्रमाणीकरण निशुल्क गरिने निर्णय मन्त्रालयबाट गत साउन ७ गते नै भइसकेको छ । खोप लगाएको प्रमाण पत्र (भ्याक्सिन सर्टिफिकेट) प्रमाणित गर्न सरकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल र निजामती कर्मचारी अस्पताललाई ताकेको छ ।

विभिन्न अस्पतालहरुले खोल लगाएको प्रमाण पत्र दिदाँ ५ सयदेखि ५ हजार रुपैयाँसम्म लिने गरेका थिए । यो खवरले भ्याक्सिन सर्टिफिकेट लिन समस्या भएकाले र धेरै पैसा तिर्न बाध्य नागरिकलाई राहत भएको छ ।

अध्ययनका लागि विदेश जाने, भ्रमणमा निक्लिने, बैदेशिक रोजगारीमा जाने श्रमिक र विदेशबाट नेपाल आइ अट्किएका विदेशी नागरिकहरुले भ्याक्सिन सर्टिफिकेट बनाइरहेका छन् ।