हिसिला यमीबारे गोप्य कुरा बाहिरिएपछि बाबुराम रिसाएर चुर
काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेतृ हिसिला यमी मन्त्री बन्नका लागि खुट्टा उचालिरहेको कुरा बाहिरिएको छ । सांसदनै नरहेकी यमीलाई मन्त्री बनाउन लागेको कुरा बाहिरिएपछि जसपामा हंगामा भएको छ ।
जसपाका संघिय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पत्नि हिसिलालाई मन्त्री बनाउन लागेको विषय गाइँगुई चलेपछि प्रतिनिधि सभाका सांसदहरुले बाबुरामको चर्को विरोध गरेका छन् । सांसदहरुले बैकल्पिक शक्ति भनेको आफन्त र आसेपासेहरु हुन् ? भन्दै विरोध गरेका थिए ।
सांसहरुको विरोध पछि भट्टराई पछि हटेको जनता समाजवादी पार्टीका एक नेताले बताए । ‘आफ्नो श्रीमती ६ महिनाका लागि मन्त्री बन्न योग्य भएको भन्दै भट्टराईले ६ महिनापछि उपचुनाव लडाएर ल्याउन सकिने तर्क प्रस्तुत गरेका थिए ।’ उपेन्द्र खेमाका एक नेताले भने, ‘बहालवाला सांसद हुँदा हुँदै गैरसांसदलाई मन्त्री बनाउँदा राम्रो सन्देश नजाने कुरा उठेपछि उहाँ पछि हट्नु भएको हो ।’
यता बाबुराम भट्टराईले भने आफूले हिसिलालाईै मन्त्री बनाउन नखोजेको बताएका छन् । सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै भट्टराईले आफ्न्तलाई मन्त्री बनाउने विषय विरोधीहरुले चलाएको हल्लामात्र भएको बताएका छन् ।
‘भुस्याहा कुकुर स्वर्ग पुगे पनि आची खोज्दै हिंड्छ रे !’ सामाजिक संजाल ट्वीटरमा उनले लेखेका छन्, ‘वैकल्पिक शक्ति निर्माण र जसपाको एकता भॅाड्न उद्यत तत्वहरूले अरू केही निहॅु नपाएपछि हामीले सांसद नभएका आफन्तलाई मन्त्री बनाउन खोज्दैछौं भन्ने झुटको बेलून उडाउन थालेछन् !झुटको भ्रममा नपर्न सबैसंग आग्रह ।’
उनले आकाशतिर फर्केर थुक्ने काम नगर्न ट्वीट मार्फत आग्रह समेत गर्दै आएका छन् । यसअघि माओावादीमा हुँदा हिसिला मन्त्री बनिसकेकी छन् । बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेलामा पहिलो महिलाका हैसियतले ठूलो रकम भ्रष्टाचार गरेको आरोप पनि लागेको थियो ।