देउवाले मन्त्री बनाउन अस्विकार गरेकै बेलामा उपेन्द्रको विज्ञप्ति, देशभर तरङ्ग
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई मन्त्री नबनाउने भएका छन् । देउवाले बाबुराम भट्टराईको कुरा सुनेपछि यादवलाई मन्त्री नबनाउने भएका हुन् ।
उनले मन्त्री बनाउन अस्विकार गरेकै समयमा देउवाले कडा विज्ञप्ति निकालेका छन् । उनले प्रतिगमनकारी शक्तिहरु जसपाविरुद्ध ‘फुटाऊ र राज गर’ नीति अन्तर्गत सक्रिय भएको बताएका छन्। यद्यपि, उनको विज्ञप्तिमा प्रत्यक्ष रुपमा कसैलाई लक्षित गरिएको छैन।
‘अग्रगमन नचाहने, प्राप्त उपलब्धिहरुलाई उल्टाउन चाहने, यथास्थितिवादी, अलोकतान्त्रिक र प्रतिगमनकारी शक्तिहरु षड्यन्त्रमूलक ढंगले जनता समाजवादी पार्टी, नेपालविरुद्ध लाग्दै ‘फुटाऊ र राज गर’ नीति अनुरुप सक्रिय छन्’, यादवद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता शक्ति चिन्तन र विचारको प्रतिकार गर्दै प्रतिगमनकारी र यसका मतियार तथा स्वार्थी एवम् षड्यन्त्रकारी व्यक्तिहरु र प्रवृतिहरुप्रति सतर्क र सचेत रहनु समयको माग हो।’
उनले विगतमा निर्वाचन आयोगले पार्टीबारे आधिकारिकता सम्बन्धी निर्णय गर्नुभन्दा कुनै कारणले पार्टीबाट अगल हुन पुगेका वा अन्यत्र अलमलमा परेकाहरुलाई कतै अलमलमा नपरी जसपामै फर्किएर अग्रगमन र वैकल्पिक शक्ति निर्माणमा अगाडि बढ्न अपिल गरेका छन्।
महन्त ठाकुरलाई तह लगाएका यादवले अब बाबुराम भट्टराई तह लगाउने पर्ने बेला आएको एक नेताको भनाई छ । ‘बाबुराम भट्टराईले यादवलाई मन्त्री बनाउन रोकिरहेका छन् ।’ एक नेताले मोटिभेट न्यूजसँग भने, ‘प्रतिगनकारीकोृ मतियार भएर उहाँ अध्यक्ष विरुद्ध लागिरहनु भएको छ ।’
जसपा श्रोतका अनुसार बाबुराम भट्टराई र यादवलाई फुटाउन न्वारनदेखि लागिरहेका छन् । ती प्रतिगामी तत्वहरुको को हुने उनले पनि खुलाउन चाहेनन् ।