बर्दियामा जारी निषेधाज्ञा भदै १० गतेसम्म थपियो

सोमबार, २५ साउन २०७८

बर्दिया – बर्दिया जिल्लामा जारी निषेधाज्ञा भाद्रौ १० गते सम्म थपिएको छ । कोरोना महामारिका कारण जारी निषेधाज्ञा १५ दिन थपपिएको हो ।

जिल्ला प्रशासन कार्यलय बर्दियाले जारी निषेधाज्ञ १५ दिनलाई थपेको हो । प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले जारी गरेको आदेशमा (खाद्यान्न, दुग्धजन्य, फलफूल , तरकारी , ग्याँस तथा अन्य पसल साँझ ७ बजेसम्म) संचालन गर्न अनुमानि छ ।

जारी निषेधाज्ञमा स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गरि संचालन हुनेछ । सवारी साधनहरु सिट क्षमता भन्दा बढी नहुनेगरी सबै प्रकारका निजि सवारी साधन संचालन गर्न पाईनेछ ।

संचालन गर्न नपाईने सेवाहरुमा गोष्ठी, सभा, सम्मेलन, रोक लगाएको छ । धार्मिक सामाजिक कार्यहरूमा पूर्व स्वकृती लिएर गर्न मिल्ने छ। सबै प्रकारका सवारी साधन प्रयोग गर्न पाईनेछ ।