माधव नेपालले जब प्रचण्डले भित्रभित्रै गम्भीर षड्यन्त्र गरेको थाहा पाए, तब छाँगाबाट खसेजस्तो भए
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले वरिष्ठ नेता माधव कुमार नेपालमाथि गम्भीर आरोप लगाएका छन् । उनले माधव नेपालको बारेमा नानाथरी कुरा गर्दै विभिन्न खालका आरोप लगाएका हुन् ।
नेपाल समूहलाई सरकारमा सहभागी गराउँन हदैसम्मको प्रयास गरिरहेका प्रचण्डले अन्तिममा आएर सहकारमा नजाने निर्णय गरेपछि कुरा काट्न थालेका हुन् । उनले नेपालकै कारण मन्त्रीपरिषद् विस्तारमा ढिलाई भएको आरोप लगाएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्ती भएको एक महिना वितिसक्दा पनि मन्त्रीपरिषद विस्तार हुन नसकिरहेका बेलामा सत्तासाझेदार प्रमुख दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले वरिष्ठ नेता माधव खेमाका कारण मन्त्रीपरिषद विस्तार हुन नसकेको भन्दै आरोप लगाएका छन् ।
हिजो भएको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले अझै केहि समय मन्त्रीपरिषद विस्तार हुन नसक्ने व्रिफिङ गरेका थिए । अरु विभिन्न कारणहरु भए पनि एमालेको माधव नेपाल समूहलले निर्णय लिन नसक्दा मन्त्रीपरिषद विस्तार नभएको जानकारी प्रचण्डले गराएका थिए ।
त्यहि कारण अनेक अफवाह फैलिरहेको दावी पनि उनले गरेका थिए । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले देउवा सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।
प्रचण्ड निकट स्रोतका अनुसार माधव नेपाल पक्ष अनिर्णित बन्दा यी सबै अफवाह फैलिएका हुन् । शुक्रबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी स्थायी समिति बैठकमा बोल्दै प्रचण्डले आफ्नो पार्टीसहितको बाम–लोकतान्त्रिक सरकारलाई सफल बनाउन अवको चार महिना केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका हुन् ।
देउवा सरकारलाई सफल बनाउनका लागि अवको चार महिना केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई अध्यक्ष प्रचण्डले निर्देशन दिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले भने ‘यो चार महिनाको अवधिमा राजनीतिक रुपमा बाम–लोकतान्त्रिक सहकार्यको सरकारलाई सफल बनाउने, संविधानको रक्षा र कार्यान्वयन गर्ने, अरु सबै प्रकारका राष्ट्रियतालाई कमजोर पार्ने प्रवृत्ति विरुद्धको संघर्षलाई अघि बढाउने दिशामा अघि बढन अध्यक्ष कमरेडले निर्देशन दिनु भएको छ ।’
बैठकले आज शनिबार बाट सुरु हुने केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गर्ने निर्णय पनि गरेको छ । प्रवक्ता श्रेष्ठका अनुसार पार्टीको कार्यदिशामा स्पष्ट गर्ने, प्रतिगमन विरोधी संघर्ष र कम्युनिष्ट आन्दोलनमा देखा परेका विसर्जनवाद विरुद्धको संघर्षलाई अझ दृढतापूर्वक अघि बढाउने बताए ।
संविधानको रक्षा र कार्यान्वयनका लागि बाम–लोकतान्त्रिक गठबन्धनको सहकार्यलाई सुदृढ बनाउने उनको भनाइ छ । पार्टीले सबै कम्युनिष्ट तथा प्रगतिशील शक्तिहरुको मोर्चा बनाउन पहल गर्ने गरी अध्यक्ष प्रचण्डलाई राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्न पनि बैठकले अनुरोध गरेका श्रेष्ठले बताए ।
उनका अनुसार बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी हुने नेताहरुको बारेमा भने छलफल नभएको माओवादी केन्द्रले जनाएको छ ।