प्रचण्डलाई नारायणकाजीको धम्की, पार्टी फुट्ने पक्का
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा दिने धम्की दिएका छन् । आइतबार बसेको स्थायी समिति बैठकमा श्रेष्ठले पार्टी प्रबक्तबाट राजीनामा दिने .धम्की दिएका हुन् ।
खासगरी गठबन्धनको सरकार बनेपछि शक्तिशाली मन्त्रालय ताकेका श्रेष्ठलाई प्रचण्डले ब्रेक लगाएपछि उनीहरूबीच सम्बन्ध चिसिएको थियो । त्यसपछि बोलचाल नै बन्द भएको स्रोत बताउँछ ।
आफूलाई छोडेर जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा पठाएपछि उनले प्रचण्डसँग असन्तुष्टि जनाएका थिए । नारायणकाजीले पछिल्लो समय बेइमानी गरेको भन्दै प्रचण्डले सरकारमा पठाउन चाहेका छैनन् ।
तर नारायणकाजी भने मरिहत्ते गरिरहेको बुझिएको छ । प्रचण्डसँग रुष्ट बनेका उनले केहिदिन अगाडी राष्ट्रिय सभाको बैठकमा समेत असन्तुष्टि पोख्दै पूर्वप्रधानमन्त्री केपी ओलीको प्रसंशा गरेका थिए ।
उनले राष्ट्रिय सभामा संसद विघटनको दोषी ओली मात्र नभएको बताएका थिए । उनले घुमाउरो पारामा यसको दोषी प्रचण्डपनि भएको संकेत गरेका थिए । राष्ट्रिय सभाको उक्त भाषणपछि नारायणकाजीलाई प्रचण्डले फोनमै थर्काएका थिए ।
त्यसपछि उनीहरूबीच अहिले पानी बाराबारको अवस्था आएको बताइएको छ । अहिले उनको हिमचिम ओलीसंग भैरहेको बुझिएको छ। दुई जनाको सम्वन्ध बिग्रिएपछि श्रेष्ठ प्रवक्ताबाट हट्न चाहेको र आफूले राजिनामा दिने बताएका छन्।
आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटि बैठकमा श्रेष्ठले आफूले प्रवक्ता छोड्ने बताएका हुन् । स्थायी कमिटी बैठकमा श्रेष्ठले आफ्नो पदलाई निरन्तरता दिन नचाहेको भन्दै नेतृत्वप्रति असन्तुष्टि जनाएका थिए ।
श्रेष्ठलाई प्रचण्डले आवेशमा निर्णय नगर्न आग्रह गरेका थिए । तर श्रेष्ठले भने कुनै हालतमा पदमा नबस्ने बताएका थिए । एक स्थायी कमिटी सदस्यले भने, ‘नारायणकाजी अध्यक्षसँग फायर हुनुभएको रहेछ, कुनै हालतमा प्रवक्ता बस्दिनँ भन्नुभयो, तर प्रचण्डले अहिले होइन अर्को बैठकसम्म नआत्तिनुस भन्नुभएको छ।’
ति नेताका अनुसार श्रेष्ठले कुनैपनि हालतमा आफू प्रवक्तामा नबस्ने बताएका नारायणकाजीलाई प्रचण्डले अर्को बैठकमा निर्णय गरौंला भन्दै थमाएका थिए । यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समेत प्रवक्ता रहेका श्रेष्ठ २३ फागुनको सर्वोच्च अदालतको फैसलापछि माओवादी प्रवक्ताको भूमिकामा छन्।
प्रचण्डले आफूलाई मन्त्री नबनाए १३ जना सांसद लिएर नयाँ पार्टी दर्ता गर्ने मनस्थितिमा छन् । प्रत्यक्ष र समानुपातिक गरी जम्मा १३ जना सांसद उनको पक्षमा छन् ।