बाढी पीडितको घाउमा मलम लगाउँदै पूर्वमन्त्री बस्नेत

सोमबार, ७ भाद्र २०७८

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले मकवानपुर र रौतहटका बाढी पहिरो पीडितलाई सहयोग गरेका छन् ।

उनले रौतहटका तीन पीडित परिवारलाई रु २५००० दरले आर्थिक सहयोग गरेका हुन् ।

उनले मकवानपुरका १ जना बाढीपहिरो पीडितको घरमै गएर रु २५००० हजार सहयोग गरे । उक्त सहयोग कार्यक्रममा बोल्दै उनले आफू जनताको सेवक बताए ।

नेपाली कांग्रेसको सरकारले पीडितलाई सक्दो सहयोग गर्ने उल्लेख गर्दै आगामी दिनमा पनि सहयोगलाई जारी राख्ने बताए ।

आफू नेपाली कांग्रेसले गठन गरेको विपद ब्यवस्थापन समितिको केन्दीय संयोजकसमेत भएकाले विपदबाट पीडित भएका देशभरका नागरिकलाई सहयोग गर्ने आफू दिनरात खटेको बताए ।

सहयोग कार्यक्रममा सुनकोशी गाउँपालिका वडा नं ६ वडा अध्यक्ष एवं नेपाली कांग्रेसका जिल्ला नेता रामकुमार थापा, नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सचिव सुवोध प्रधान, केन्द्रीय सदस्य बचन कार्की, कोषाध्यक्ष अनिल अधिकारी, नेविसंघ नेता सञ्जिव बस्नेत लगायत उपस्थित थिए ।