ओलीले एमाले खरानी बनाईसके : महतारा

सोमबार, १४ भाद्र २०७८

काठमाडौँ – अनेरास्ववियुका स्थाई कमिटी सदस्य भरत महताराले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर प्रश्न उठाएका छन् । दुईतिहाइको सरकार र सत्ता परिबर्तनप्रति चिन्तित हुदै नेता महताराले अध्यक्ष ओलीकै कारण एमाले खरानी बनेको बताए ।

अध्यक्ष ओलीमा बिकसित भएको अहंकार, दम्भ र ब्यक्तिबादि चिन्तनले पार्टी तहसनहस भएको उनको भनाई छ । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनबाट गम्भीर शिक्षा लिदै नेकपा एमालेले सामुहिक नेत्तृत्व प्रणालीलाई अपनाए पनि अध्यक्ष ओलीले यसको पालना नगर्दा पार्टी बिघटनको दिशातिर उन्मुख भएको नेता महताराको भनाई छ ।

पाटिको मौजुदा बिधानले नै सामुहिक नेत्तृत्व प्रणालीलाई अंगीकार गरेको छ । तर अध्यक्ष ओली उत्तर कोरियाली कम्युनिष्ट पार्टीको प्रमुख जस्तो बेबार गरेर अघि बढ्न थालेपछि समस्या देखा परेको हो ।

ओलीको त्यस्तो ब्यक्तिबादी कार्यशैलीकै कारण एमालेलाई अपुरणीय क्षति भयेको हो ।अध्यक्ष ओलीको दम्भका कारण यसअघिको निर्बाचनमा प्राप्त भएको एमालेको बिरासत बालकोट्को बारदलिमा लगेर थनकाएको नेता महताराको भनाई छ ।

‘एमालेले ०७३ र ०७४ सालको निर्बाचनमा तीनै तहमा आफ्नो बिरासत कायम गर्‍यो र बहुसंख्यक स्थानीय सरकारसहित केन्द्र सरकारको नेतृत्व गर्ने अबसर पनि पाएको थियो । संघमा पनि स्पष्ट बहुमतका साथ सत्तासिन भयो ।’ नेता महतरा भन्छन् ‘आज अध्यक्ष ओलीको अहंकार र एक्लै हिड्ने प्रबृतिका कारण माधप नेपाल छुट्टिनु पर्यो , दुईतिहाईको सरकार गुम्यो, नेकपा एमालेको जनमत गुम्यो त्यस्तै दम्बका कारण अझै अरु पनि गुम्नेवाला छ ।’

‘आफ्नो बहुमत नहुदा सत्तामा आउने जाने प्रक्रिया त हुन्छ, तर अहिलेको अबस्था यस्तो थिएन ओली एक्लै हिड्ने दम्भ पाल्दाको प्रणिनाम हो ।’ उनले भने, ‘अध्यक्ष ओलीको ब्यक्तिबादी दम्भकै कारण सरकार गुमाई सकियो ।’

 

एउटा ब्यक्तिको कारण पार्टी र कम्युनिस्ट आन्दोलनले गम्भीर धक्का खान थालेकाले सबैले सोच्नुपर्ने बेला आएको उनको भनाई छ । ‘अब ओलि सङ्ग उखान टुका बाहेक अरु केहिपनी छैन । उनले भने, ‘उहाँसँग न जनताको बहुदलीय जनबाद छ, न कम्युनिस्ट सिद्धान्त छ, न माक्र्सवाद छ, न लेलिनबाद छ, अब कम्युनिस्ट सिद्धान्त जबजलाई जगेर्ना गर्न र बैज्ञानिक समाजबादको निम्ति गोलबन्द भएर नेकपा एकीकृत समाजबादिमा लाग्न आवान गर्दछौँ ।’

कम्युनिस्ट नामको केपी ओली नेतृत्वको एउटा गुट र केपी ओलीको नेतृत्वको एमाले वैचारिक, राजनीतिक रूपमा सिद्धान्तच्युत भएको सामाजिक फासिवादी समूहले देश र जनताको भलो नगरे पनि संसारभरका साम्राज्यवादी दलाल भ्रष्टाचारहरूको भलो गरेको उनको भनाई छ ।

‘दुईतिहाइ हाराहारी बहुमतको ओली सरकार समयसम्म टिकेन, पतन भयो । अब दलाल पुँजीवादका सङ्कट हल गर्न संयुक्त प्रगतिशील सरकार गठन गरी त्यसको नेतृत्वमा जनमतसङ्ग्रह गराउने र दलाल पुँजीवाद र वैज्ञानिक समाजवादबीच जनमतसङ्ग्रह हुँदा बहुमत वामपन्थी भएको मुलुकका जनताले समाजवाद रोज्ने छन र आउने चुनावमा नेकपा एकीकृत समाजबादिलाई बिश्वास गरि सरकार संचालन गर्ने जिम्मा दिने छन ।’ उनले भने ।

उनले सबै कम्युनिस्ट, देशभक्त, प्रगतिशील लोकतन्त्रवादी शक्तिलाई एकताबद्ध भएर देशको रूपान्तरणका लागि अघि बढ्न अपिल गरेका छन् ।