हिन्दु धर्मालम्बीहरुलाई खुशीको खबर, गाईलाई यति ठूलो सम्मान

शुक्रबार, १८ भाद्र २०७८

दिल्ली – हिन्दु धर्मालम्बीहरुका लागि खुशीको खवर छ । यो छिमेकी देश भारतको खवर हो ।

भारतमा गाईलाई राष्ट्रिय जनावर घोषणा गर्न अदालतले आदेश दिएको छ । भारतमा बाघलाई राष्ट्रिय जनावर मानिन्छ ।

इलाहावाद उच्च अदालतले मुस्लिम शासकहरुले समेत गाईको अस्तित्व र महत्त्वलाई स्विकार गरेको भन्दै राष्ट्रिय जनावर घोषणा गरेर संरक्षण गर्न आदेश दिएको हो । गाई संरक्षणलाई मौलिक अधिकारभित्र राख्न अदालतको आदेश छ ।

गौहत्या मुद्दामा सुनुवाइ गर्दै अदालतले संस्कृतिमा मासिए देश कमजोर हुने निष्कर्षसहित गाईलाई राष्ट्रिय जनावर घोषणा गरी संरक्षण गर्न भनेको हो ।

अदालतले गाई मार्न र गाईको मासु खान पाउने विषय कुनै हालतमा मौलिक अधिकार हुन नसक्ने ठहर गर्दै बाच्ने अधिकारको संरक्षण गर्न सरकारलाई आदेश दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।