माधव नेपालको पार्टीमा लफडा, नेपालले नपत्याएपछि रामकुमारी झाक्रीले चालिन यस्तो कदम
काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले रामकुमार झाँक्रीलाई नपत्याउँदा लफडा भएको छ । पार्टीको महासचिव बन्छु भन्दै बुरुकबुरुक अफ्रिएकी झाँकीलाई नेपालले नपत्यापछि लफडा भएको हो ।
उनलाई महासचिव त बनाइएको छैन् नै अर्को कुनै जिम्मेवारी पनि नदिएर पेण्डुलम बनाएको छ । विश्वस्त स्रोतका अनुसार एस पार्टीका अध्यक्ष माधव कुमार नेपालको उक्त कदमको झाक्रीले चर्को विरोध गरेकीछन् ।
पार्टीले तत्कालीन एमालेमा स्थायी कमिटी सदस्य बेदुराम भुसाललाई अन्तरिम महासचिवको जिम्मेवारी दिएको छ । उक्त पद पाउनेमा झाक्री आशावादी थिइन् ।
नेकपा एस गठनपछि पहिलोपटक जारी भएको अन्तरपार्टी निर्देशनमा दिइएको जिम्मेवारीमा उल्लेख भएअनुसार हाल पाँचजनाको स्थायी कमिटी गठन गरिएको छ भने सचिवालय प्रमुखको जिम्मेवारी भुसालले पाएका छन् ।
पार्टीको विधानमा महासचिवले सचिवालय प्रमुखको हैसियतमा काम गर्ने उल्लेख छ । तर, राष्ट्रिय भेलाअघि पदाधिकारीले पूर्णता नपाउने भएपछि हाललाई अन्तरिम सचिवालय र स्थायी कमिटी गठन गरिएको नेकपा (एस)ले जनाएको छ ।
स्थायी कमिटीमा नेपाल वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, बेदुराम भुसाल र प्रमेश हमाल छन् । केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नभएसम्मका लागि गठन गरिएको अन्तरिम स्थायी कमिटी सदस्य भुसालले भने सचिवालय संयोजकको जिम्मेवारी पाएका हुन् ।
सचिवालयका सदस्यहरुमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, विजय पौडेल, जयन्ती राई र जिवनराम श्रेष्ठ छन् ।
पार्टी विधानमा सचिवालयको प्रमुख महासचिव हुने व्यवस्था भएपनि हाल पदाधिकारी चयन भइसकेका छैनन् । सचिवालय प्रमुखले सचिवालयमा रहेका सदस्यको परामर्शमा स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्छ ।