एमाले नेता गिरीले नै खोलिदिए केपी ओलीको पोल, गम्भीर खुलासा भएपछि ओलीको छटपटी
काठमाडौँ – नेकपा एमालेका सासंद पदम गिरीले अध्यक्ष ओलीको पोल खोलिदिएका छन् । संसदमा शुक्रबार भएको लफडाको बारेमा सांसद गिरीले पोल खोलेका हुन् ।
आफ्नै पार्टीका अध्यक्ष ओलीकै निर्देशनमा बैठकमा अराजकता भएको उनको भनाई छ । प्रतिनिधि सभाको बैठकमा शुक्रबार भएको अराजकता प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीकै निर्देशनमा भएको एमालेकै नेताहरुले बताएका छन् ।
सभामुखले जवरजस्ती गरेमा कुनै हालतमा रोक्ने भन्ने पार्टी अध्यक्ष ओलीको निर्देशन रहेकाले तोडफोड र घम्साघम्सी भएको उनीहरुको भनाइ छ ।
एमाले सांसद पदम गिरीले संसदमा भएका कुनैपनि गतिविधि सांसदहरुको एकल चाहनाले नभई पार्टीको निर्देशन र निर्णय अनुसार नै भएको दावी गरे ।
‘कुनै सांसदले व्यक्तिगत रुपमा गरेको हैन, पार्टीको निर्देशन बमोजिम नै भएको हो, सभामुख अग्नी सापकोटाले जवरजस्ती गरेकाले सांसदहरु आक्रोशित भएका हुन,’ सांसद गिरीले भने ।
पूर्व प्रधानमन्त्री समेत रहेको ओलीले संसदमा हिजो भएको घटनाप्रति मौन समर्थन जनाएका छन् ।
सभामुखको टाउकोमा माइकले हान्ने प्रयास भएको घटनालाई आम सर्वधारणदेखि सबैले आलोचना गरेपनि एमाले नेताहरुले भने ठिकै गरिएको दावी गर्दै आएका छन् ।