मंसिर ८ गते एकृकित जनक्रान्तिको उद्घोष हुनसक्छ : भरत बम ‘रणविर’ (भिडियो सहित)

बुधबार, ५ मंसिर २०७५

काठमाडौँ – नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिस्ट पार्टीका पोलिटव्यूरो सदस्य भरत वम ‘रणविर’ले मंसिर ८ गते हुने प्रदर्शन तथा जनसभाले पार्टीलाई नयाँ उचाईमा पूर्याउने बताएका छन । पत्रकार शोभराज बरालको रेडियो कार्यक्रम सम्बाद चौतारीमा बोल्दै रणविरले घुमाउरो पारामा पार्टीले एकृकित जनक्रान्तिको उद्घोष गर्ने बताए ।

गोर्खा एफएमबाट प्रसारित कार्यक्रममा उनले जनयूद्धको नेर्तत्व गरेका प्रचण्डले जनयूद्धलाई धोका दिएकाले देशमा एकृकित जनक्रान्ति आवस्यक भएको दावि गरे । उनले मंसिरको ८ को प्रदर्शन र जनसभा नेपाली जनतामाथि वर्तमान ‘दलाल नियन्त्रित’ राज्यसत्ताले थोपरिरहेको भ्रष्टाचार, काला बजारिया, महंगी, तस्करी, व्यापीचारी, बलात्कार तथा हिंसाको श्रृंखला, गुण्डागर्दीविरुद्ध सशक्त आवाज भएको बताए ।

पोलिट व्यूरो सदस्य वमले अन्याय, अत्याचार, गरिवि, उत्पिडन, कालोवजारी र वेरोजगारी विरुद्धको अभियान भएकाले सवै जनसमुदायलाई यो अभियानमा सहभागि हुन अपिल गरे ।

एक अर्को प्रशंगमा उनले नेकपाको शक्ति देखेर आक्तिएको दलाल सरकारले वार्ताको नाममा सड्यन्त्र गरेको बताए । वार्ता गर्नका लागि समुहिक रुपमा आह्वान गर्नुपर्ने बताउँदै वमले एउटा बन्द कोठाको छलफलले वार्ता शब्दको समेत अपमान भएको जिकिर गरे । उनले यही बन्द कोठाको वार्ताले गर्दा र राति १२ वजे हुने निर्णयले देशमा दलालीकरण बढेको दावि गरे ।

आफूहरु राज्य व्यवस्था परिवर्तनका लागि संघर्ष गरिरहेको र दलाल संसदीय व्यवस्थाले हरेक जालझेल र सड्यन्त्र गर्नका लागि वार्ताको नाटक गरेको उनको भनाई छ ।