माधव नेपालको प्रस्तावले ओलीलाई तनाव, एमालेमा खैलाबैला

मंगलबार, ५ असोज २०७८

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको प्रतावले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तनाव थपिएको छ ।

उनले बामलोकतान्त्रीक शक्तिसँग गठबन्धन गर्दै आगामी चुनावमा सहकार्य गर्ने प्रस्ताव गरेपछि ओलीलाई तनाव भएको हो ।

नेपालले संगठनमा युवाहरूलाई पार्टीका हरेक कमिटीमा उचित जिम्मेवारी दिने बताएका छन् । प्रथम केन्द्रीय कमिटीको बैठकमा नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा अग्रजलाई सम्मान र युवालाई कार्यकारी जिम्मा भन्ने नारा दिइने उल्लेख छ ।

‘संगठनका क्षेत्रमा युवाहरूलाई अगाडि बढाउन अग्रजलाई सम्मान युवालाई कार्यकारी जिम्मा’ नारा तय गरी कार्यान्वयन गर्न स्थानीय तहसम्म वरिष्ठ कम्युनिस्ट परिषद् गठनगरी अभिभावकत्व र कार्य सम्पादनको व्यवस्थित प्रणाली निर्माण गरिनेछ’, प्रतिवेदनमा भनिएको छ ।

‘पार्टीका हरेक कमिटीमा उल्लेख्य संख्यामा युवाहरूलाई राखिने छ । प्रत्येक तहमा जिम्मेवारी दिने, कामको मुल्याकंन गर्ने र पदोन्नति गर्ने वैज्ञानिक पद्धतिको निर्माण गरी अबलम्बन गरिने छ’ प्रतिवेदनमा उल्लेख छ ।

अध्यक्ष नेपालले पार्टीलाई उत्पादनसँग जोडिने बताएका छन् । त्यस्तै पार्टीका प्रत्येक कमिटीले कम्तिमा वर्षको दुईपटक पार्टी स्कुल÷प्रशिक्षण दिनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै नेपालको प्रस्तावमा सबैभन्दा ठूलो सत्रु नेकपा एमाले भनिएको छ ।