अन्तिममा आएर खोसियो विरोध खतिवडाको मुखैमा आएको पद
काठमाडौँ – अन्तिममा आएर विरोध खतिवडा भौतिक पूवाधार मन्त्री नबन्ने भएका छन् ।
भौतिक पूर्वाधार मन्त्रालय जनता समाजवादी पार्टीको भागमा परेपछि मुखैमा आएको गाठिस मन्त्रालय फुत्किएको हो ।
सर्वोच्च अदालतका प्रधानन्यायाधिशलाईसमेत भाग चाहिएपछि मन्त्रीमण्डल विस्तार हुन नसकेको खुलासा भएपछि बल्ल गठबन्धनका नेताहरुबीच सहमति भएको हो । त्यो पनि प्रधानन्याधीश चोलेन्द्र सम्शेर जबराले मलाई चाहिएन भनेपछि सहमति भएको हो ।
सहमति अनुसार नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ८ मन्त्रालय, माओवादी केन्द्रले ६, एकीकृत समाजवादी र जनता समाजवादीले ४/४ मन्त्रालय भाग पाएका छन् । यस अघि नेकपा एसका नेता विरोध खतिवडाले भौतिक पूर्वाधार मन्त्रालय पाउँने भनिए पनि अन्तिममा आएर खोसिएको छ ।
स्रोतले दिएको जानकारी अनुसार नेकपा एसको भागमा भौतिक पुर्वाधार मन्त्रालय नपरे पछि शहरी विकास मन्त्रालयमा चित्त बुझाउनु पर्ने अवस्था आएको छ ।
अब नेकपा एसबाट सरकारको नेतृत्व गर्दै खतिवडा शहरी विकास मन्त्री बन्ने बताईएको छ ।
नेकपा एसले रक्षासहित ४ मन्त्रालय पाउने भएको छ । रक्षा मन्त्रालय, शहरी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय पाउने भएको छ ।
नेकपा एसबाट विरोध खतिवडाको नेतृत्वमा प्रेम आलेमगर ,रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, मेटमणी चौधरी,र भवानी खापुङ मन्त्री बन्ने बताइएको छ। नेकपा एसले एक राज्य मन्त्री पनि पाउने बताइएको छ ।
यसैबीच नेकपा एसका केन्द्रीय सदस्य मेटमणि चौधरीले २१ गते मन्त्रिपरिषद् विस्तार हुने र सबैले एकैपटक सपथ लिने बताए ।