केपी ओलीलाई झट्का, पूर्वमन्त्री भानुभक्त माधव नेपालको पार्टीमा प्रबेश
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष माधवकुमार नेपाललाई झट्का लागेको छ । पार्टीका केन्द्रीय सदस्य नेकपा एकीकृत समाजवादी्र पार्टीमा प्रबेश गरेपछि झट्का लागेको हो ।
नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनलाई माधवकुमार नेपालले उनलाई पार्टीमा स्वागत गरेका छन् ।
एकीकृत समाजवादीको स्थायी समिति बैठकमामा उनलाई स्वागत गर्रिको हो । पार्टीको स्थायीसमिति बैठक बानेश्वरस्थित अर्पण ब्यान्क्वेटमा बसेको थियो ।
पूर्व वनमन्त्रीसमेत रहेका जोशी सुदूर पश्चिम एमालेका लोकप्रिय नेता हुन् । जोशी सुदूर पश्चिममा पुष्पलालद्वारा प्रशिक्षित थोरै नेता मध्येमा पर्दछन् ।
लामो समय पुष्पलालको नेतृत्वमा सक्रिय जोशी २०४२ सालमा तत्कालीन नेकपा मालेमा प्रवेश गरेका थिए ।
बाजुराका जोशी शिक्षक राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेर सांसद र मन्त्री भइसकेका नेता हुन् । उनको एमाले परित्याग पछि सुदूरपश्चिममा एमालेलाई थप क्षेति भएको छ ।
भीम रावलको गडका रुपमा चिनिएको सुदूरपश्चिम प्रदेश एमाले फुटेपछि भत्कीदै गएको छ । अझैपनि भीम रावल र लेखराज भट्टका पल लोलुपताले एमाले थक कमजोर हुने स्थितिमा पुगेको छ ।
प्रदेशभरीकै ठूलो पार्टीका रुपमा स्थापित भएको नेकपा एसले अरु नेताहरुलाईै पनि तान्ने प्रयास गरिरहेको छ ।
प्रेम आलेले सुदूरपश्चिममा आफ्नो पकड जमाउँदा ओलीलाई ठूलो घाटा लागेको छ ।