सकियो गठबन्धनको बैठक, के के भयो निणर्य ?

बिहिबार, २१ असोज २०७८

काठमाडौँ – सत्तारुढ गठबन्धनका नेताहरुको बैठक सकिएको छ । मन्त्रीपरिषद विस्तार गर्ने भनेर फाइनल गर्न बसेको सत्ता गठबन्धनको बैठकले कुनै निर्णय नगरी सकिएको हो ।

मन्त्रालय भागवण्डका लागि बसेकोे बैठकमा भाँडभैलो भएको छ । नेकपा एसलाई हेपेको भन्दै माधव नेपाल विचमै झोक्किएर हिँडका छन् ।

गठबन्धनमा लफडा भए पछि मन्त्रीपरिषद विस्तार फेरी अन्यौल भएको छ ।

मन्त्रिपरिषदलाई पूर्णता दिन बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकबाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बाहिरिएका छन् । पार्टीको बैठक जारी रहेकाले उनी आफ्नो कुरा राखेर बालुवाटारबाट बाहिरिएका हुन् ।

अध्यक्ष नेपाल बैठकमा साढे दुई घण्टा बसेका थिए नेपाल बाहेकका नेताहरु भने बालुवाटारमै बसिरहेका छन् । उनले बालुवाटारबाट बाहिरिँदा सञ्चारकर्मीहरूलाई समेत कुनै प्रतिकृया दिएका छैनन् ।

गठबन्धनमा रहेका राजनीतिक दलहरुबीच मन्त्रालयको मोटामोटी भागबण्डा मिले पनि केही विषयमा अझै कुरा मिलाउन बाँकी रहेकाले आज पुनः गठबन्धनको बैठक बसेको हो ।

मन्त्रिमण्डल विस्तारको अन्तिम तयारीमा रहेका गठबन्धन घटक दलहरुबीच यसअघि भएको मन्त्रालय भागबण्डाप्रति अध्यक्ष नेपाल सन्तुष्ट हुन सकेका छैनन् ।

यसअघि काँग्रेसले ७, माओवादी केन्द्रले ६ र समाजवादी र जसपाले चारचार वटा मन्त्रालय पाउनेगरी कुराकानी भएको थियो । तर, आफ्नो भागमा थोरै मन्त्रालय भाग लगाएको भन्दै माधव नेपालले असन्तुष्टि जनाएका थिए ।

आजको बैठकमा नेता नेपालले आफ्नो पार्टीलाई यसअघिको सहमति अनुसार मन्त्रालय पाउनु पर्ने धारणा राखेको स्रोतले जनाएको छ ।