स्टुडियोमै कुटिए ऋषि धमला, यी हुन् रामधुलाई गर्ने अतिथि
काठमाडौँ – चर्चित पत्रकार ऋषि धमला स्टुडियोमै कुटिएका छन् । अतिथिका रुपमा कार्यक्रममा बोलाइएको एक अतिथिले उनलाई कुटेका हुन् ।
प्राइम टाइम्स टेलिभिजन मार्फत प्रसारित कार्यक्रममा धमलालाई लछार पछार गरिएको छ ।
‘जनता जान्न चाहान्छ’ कार्यक्रममा पत्रकार ऋषि धमलामाथि नै लछारपछार गरिएको हो ।
जनता जान्न चाहान्छ’ कार्यक्रममा बडादशैँको सन्दर्भमा ज्योतिषिलाई साक्षत्कार गर्न बोलाइएको थियो । प्रख्यात ज्योतिषि विहांग्मराज तिम्सिनाले धमलालाई लछारलपछार पारेका हुन् ।
कार्यक्रममा ज्योतिषि तिम्सिनाले देशको अवस्था र प्रधानमन्त्रीको भविष्यवाणी गरेका थिए ।
उनले शेरबहादुर देउवा छिट्टै नै प्रधानमन्त्रीबाट हट्ने संकेत गरेका छन् ।
त्यसैगरि, केपी ओलीनै देशको प्रधानमन्त्री हुनेसमेत तिम्सिनाले भविष्यवाणि गरेका छन् । कार्यक्रमको अन्त्यमा धमलाले आफूलाई पनि आशिर्वाद दिन भनेपछि ज्योतिषिले लछारपछार पारेका हुन् ।
एकाएक तिम्सिनाले धमलाको हात तान्दै मन्त्र पढेका थिए । ज्योतिषिले मन्त्र पढिरहदा ऋषि भने मुस्कुराईरहेका थिए ।
अहिले उक्त भिडियो सामाजिक संजालमा भाइरल बनेको छ ।