राजीनामा दिदै उद्योग मन्त्री, देउवा खुशीले गदगद्, को बन्दैछन् नयाँ मन्त्री ?

आइतबार, २४ असोज २०७८

काठमाडौँ – उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गरेका छन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलन्द्र शम्शेर जबराको नाम जोडिपछि उनले राजीनामा दिन घोषणा गरेका हुन् ।

जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताएका हुन् ।

‘मैले आफ्नो स्वविवेक प्रयोग गरें, धेरै सोचें, किन विवादमा परुँ म । किन राजीनामा दिने भनेर नेताहरुले पनि भनेका छन् तर आज राजीनामा दिन्छु,’ उनले भने ।

५ पुस २०७७ मा पहिलो पटक संसद विघटन भएपछि संवैधानिक परिषद्ले गर्ने नियुक्तिहरुमा भागबण्डा लिएका जबराले दोस्रो विघटनपछि हमाललाई मन्त्री बनाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका थिए ।

सर्वोच्च अदालतको २८ असारको आदेशअनुसार २९ असारमा देउवा प्रधानमन्त्री बनेपछि जबराले दुई मन्त्री मागेका थिए । सत्तारुढ दलका नेताहरुका अनुसार उनले वन तथा वातावरण र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मागेका थिए ।

अहिले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री हमाल बनेका छन् । यसले पनि उनी जबराकै कोटामा मन्त्री बनेको प्रष्ट हुने स्वयं सत्तारुढ दलका नेताहरु बताउँछन् ।

उनको राजीनामा लगत्तै प्रधानमन्त्री देउवाले कांग्रेसबाट सुजाता कोइरालालाई मन्त्री बनाउने तयारी गरेका छन् । पौडेल समूह परित्याग गरेकी कोइरालालाई देउवाले राजीनामा लगत्तै नियुक्ती गर्ने बुझिएको छ ।

कोइरालालाई मन्त्री बनाएर दोश्रो बरियतामा राख्ने तयारी भएको बालुबाटार श्रोतको भनाई छ । पौडेल समूहले मन्त्री बनाउने भनेर कोइरालाको नाम सिफारिस गरेका थियो । तर अन्तिममा आएर आफ्नो नाम काटेको भन्दै पौडेलसँग रिसाएर गुट परिवर्तन गरेको घोषणा गरेकी थिइन् ।

गुट परिवर्तन गरेको तेश्रो दिनमै उनलाई मन्त्रीपद चिठ्ठा परेको छ । देउवामा पौडेल गुट भत्काउन सफल भएकोमा खुशीले गदगद् भएका छन् ।