माधव नेपालमाथि अर्को बज्रपात, दाहिने हात भनेर चिनिएका नेता नै एमाले प्रबेश

सोमबार, २५ असोज २०७८

काठमाडौं – माधवकुमार नेपाललाई अर्को बज्रपात आइलागेको छ । नेकपा एकीकृत समाजवादी पार्टीका मेरुदण्ड भनेर चिनिएका नेता एमालेमा प्रबेश गरेपछि बज्रपात आइलागेको हो ।

एस पार्टीमा पछिल्लो समय ठिकठिक राजनीतिक गतिविधी भइरहेकै बेला नेता नेपालमाथि अर्को तनाव थपिएको हो । एस पार्टी निकट अखिल फोर्सका केन्द्रीय संयोजक तपेन्द्रजंग शाही नेकपा एमालेमै फर्किएका छन् ।

आरआर क्याम्पसका स्ववियु सभापतिसमेत रहेका सिनेटर शाही औपचारिक रुपमा अखिलमै फर्किएका हुन् ।

शाहीले एमालेनिकट भ्रातृ संगठन अनेरास्ववियुमा फर्किएपछि सचिवको जिम्मेवारी पाएका छन् । शाहीले आफू नेकपा एकीकृत समाजवादीनिकट संगठनमा नरहेको र एमालेनिकट अनेरास्ववियुमै फर्किएको बताए ।

‘नेताको स्वार्थको पछि लागेर पार्टी छाडन सकिन्न, यही मनको कुराले अहिलमै रहने निर्णयमा हामी पुगेका छौं,’ शाहीले भने ।

राष्ट्रिय युवा संघले युथ फोर्स ब्यूँताएपछि माधव नेपालले आफैं सहभागी भएर अखिल फोर्स घोषणा गरेका थिए । शाही अनेरास्ववियुमा फर्किएर सचिवको जिम्मेवारीमा क्रियाशिल भएका छन् ।

शाहीसँग अहिल फोर्सका कोषाध्यक्ष रहेका अनेरास्ववियुका अर्का नेता दिपेश प्रसाई पनि अनेरास्ववियुमै फर्किएका छन् ।

अखिल फोर्सलाई नेपालले पार्टीको मेरुदण्डाका रुपमा स्थापित गराउन खोजेका थिए । नेकपा एमाले विभाजन हुनभन्दा अघि माधव नेपालको गुटमा रहका उनी पार्टी विभाजन भएपछि एमालेमै बसेका हुन् ।

रातो तातो रगत भएका युवा नेता शाहीको पछि हजारौँ विद्यार्थीहरु संगठित छन् । उनीहरु सबै नेकपा एमालेमै फर्किएका छन् ।