प्रधानमन्त्री देउवाको घरमा चोरी, चोर पनि खतरनाक
धनगढी – प्रधानमन्त्री शेरबहादुर देउवाको घरमा चोरीको भएको छ । दशैँको टीका लगाउन आफन्तकोमा गएका बेला प्रधानमन्त्री देउवाका भाइ बस्दै आएको धनगढीस्थित घरमा चोरी भएको हो ।
धनगढी उपमहानगरपालिका २ सन्तोशी टोलमा देउवाका भाई भरतबहादुर देउवा बस्दै आएका थिए । सोही घरमा शुक्रबार दिउँसो दशैँको टीका लगाउन आफन्तकोमा गएका बेला सुनका गरगहना र नगद चोरी भएको हो ।
भरतबहादुरले सन्तोशी टोलमै रहेको आफन्तको घरमा टीका लगाउन गएको समयमा चोरी भएको बताए ।
उनले चार हजार नगदसहित करीब तीन तोला सुन र तीन तोला चाँदी चोरी भएको बताउँदै घरमा रहेको अन्य सामान भने सुरक्षित रहेको बताए ।
‘हामी ढोकामा ताल्चा लगाएर नजिकै रहेको आफन्तकोमा टीका लगाउन गएका थियौँ,’ देउवाले भने, ‘ताल्चा रडले खोलिएको छ । सबै दराज खोलेर नगदसहित तीन तोला सुन र तीन तोला चाँदी लगिएको छ ।’
घरमा चोरी भएको खबर पाउने बित्तिकै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) विश्व अधिकारीले बताए ।
घटनाको अनुसन्धान भइरहेको बताउँदै चोरी भएको नगद र गरगहनाबारे विस्तृत विवरण प्राप्त भइनसकेको प्रहरीले जानाएको छ ।
चाडबाडको बेलामा गरगहना, धनसम्पति बढि नै चोरी हुने गर्दछ । प्रहरीले यसका लागि जनचेतना अभियान संचालन गरेको भएपनि खासै प्रभावकारी हुन सकेको छैन् ।
अझ भिआईपीको घरमा चोरी भएको विषय निकै रहस्यमय छ । यस्तो निकै खतरनाक चोर भएको चर्चा चलेको छ ।