फाइनल खेल्नुअघि नेपाली फुटबल टिमले यसरी मनायो दसैँ
काठमाडौँ – साफ च्याम्पियनसिपमा नेपाललाई फाइनल प्रवेश गर्ने टिमका सदस्यले फाइन खेल खेल्नभन्दा केही समयअघि दसैंको टिका लगाएका छन् । फाइनलमा पुर्याउन मेनरोल खेल्ने पर्दा पछाडीका नायक मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुदाइरीले पनि दसैंको टिका लगाएका छन् ।
साफ च्याम्पियनसिप फुटबलका लागि माल्दिभ्समा रहेको नेपाली फुटबल टिमले दसैँ मनाएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुदाइरीसहित नेपाली टिमका सबै सदस्यले टीका, जमरा लगाएर दसैँ मनाएका हुन् ।
नेपाली फुटबल दसैँ मनाएको तस्बिरहरू एन्फाले सार्वजनिक गरेको छ । साफ च्याम्पियनसिपमा नेपाल फाइनल प्रवेश गरिसकेको छ ।
फाइनलमा नेपालले भोलि राति ८ः४५ बजे भारतको सामना गर्दैछ । नेपाल बंगलादेशसँग बराबरी गरेर फाइलन प्रवेश गरेको छ । भारत आयोजक माल्दिभ्सलाई हराएर फाइनल प्रवेश गरेको हो ।
मुख्य प्रशिक्षक अलुताइरीको यो अन्तिम दसैँ हो । उनी आजहुने फाइनल खेल पछी घर फर्किने छन् । उनले नेपाली फुटबल टोलीलाई जित दिलाएर ईतिहास रच्ने पर्दा पछाडीको हिरोको काम गरेपछि आफूमाथि नोकरको जस्तो व्यवहार भएको भन्दैं अब भुलेर पनि कहिल्यै नेपाल नफर्किने बताएका थिए ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धा राष्ट्रियतासँग जोडिन्छ तर उनका लागि आफ्नो राष्ट्र जिते भन्दा कम छैन । किनकी उनले नेपाली टोलीलाई अब्बल बनाउन रगत पसिना सिंचेका छन् । नेपालमा उनको आगमनसँगै फुटबल खेलले आकाश जमिनको अन्तर पार गर्यो । सन् १९९३ मा सुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि कहिल्यै फाइनलमा पुगेको थिएन ।