चोलेन्द्रलाई हटाउँन प्रचण्डको मुख्य भुमिका, भेटियो प्रमाण
काठमाडौँ – प्रधानन्यायाधिीश चोलेन्द्र शमशेर राणालाई हटाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)को मुख्य भुमिका खेलेको पाइएको छ । प्रधानन्यायाधीश राणालाई पदच्युत गर्न माओवादी निकट वकिलहरु हात धोएर लागेका छन् ।
प्रचण्डको सबैभन्दा नजिकका वकिल भनेर चिनिनै रमण श्रेष्ठले राणाले आजै राजीनामा दिनु पर्छ भन्दै चर्को आवाज दिएका छन् । शेरबहादुर देउवालाई परादेशबाट प्रधानमन्त्री बनाउँन सबैभन्दा जोडतोडले लाग्ने मध्येका एक श्रेष्ठ अहिले चोलेन्द्रलाई राजीनामा गराउँन उसै गरि लागेका छन् ।
आफू गोप्य रुपमा गएर मध्यरातमा प्रधानन्यायाधीशलाई भेट्ने र आफैँ बाहिर हल्ला गराएर आफ्ना वकिलहरुलाई राजीनामा मागेर उचाल्न लगाउँने प्रचण्डको खेल छताछुल्ल भएको छ ।
प्रचण्ड प्रधानमन्त्री भएका बेलाका महान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रधानन्यायाधिश राणाले तत्कालै केहि घण्टा भित्रै राजीनामा दिनुपर्ने बताएका छन् । राणाले अब ढिलो नगरी २÷३ घण्टाभित्रै राजीनामा दिनुपर्ने बताएका छन् ।
श्रेष्ठले भने,‘उहाँले आजै राजीनामा दिनुपर्छ । व्यक्तिगत रुपमा पनि यसले हित हुँदैन्, उहाँ जति बस्नुहुनछ उहाँलाई त्यति ठूाले क्षति हुन्छ । उनले भनेका छन् ।
न्यायलय र व्यक्तिगत क्षति रोक्ने हो भने तत्काल राजीनामा दिनुपर्छ । १४ जना न्यायाधीशले विद्रोह गर्नुभयो । कमण्डरमात्रै बाँकी भएको युद्ध कस्स्तो हुन्छ रु धेरै समय नलगाउनुहोस अब २–४ घण्टाभित्रै राजीनामा दिनुपर्छ ।’
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानन्यायाधीशले स्वेच्छाले राजीनामा नदिए संविधानअनुसार चल्ने भन्दै महाभियोगको संकेत गरेका छन् ।
उनले भने,‘उहाँले राजीनामा दिनुभएन भने हामीसँग संविधान छ । उहाँको कमिकमजोरी रहे, संविधान अनुसार हुन्छ । प्रतिनिधिसभा छ, सांसद छन् । जनताको लेभलमा यत्रो कुरा उठेको छ । अझै धेरै प्रश्न उठ्नेवाला छ । अहिले बाहिर बाहिरको कुरा आएको छ, भित्री कुरा प्रवेश गरेपछि अझै छताछुलल हुन्छ । धेरै घण्टा पनि नलगाउनुहोस । तत्काल राजीनामा दिनुहोस ।’
‘न्यायाधीश नियुक्तीमै विवाद रहँदै आएको छ । प्रधानन्यायाधीश न्याय सम्पादनमा चुक्नुभयो, संविधानले परिकल्पना नगरेको विषयमा प्रवेश हुनुभयो । उहाँले संवैधानिक निकायमा आफ्नो मान्छे नियुक्ती गर्नुभयो । मन्त्री पनि बनाउनुभयो ।’ उनले भने ।
‘न्यायालय स्वतन्त्र हुनुपर्छ । यसमा राजनीतकि गन्ध आउनुपनि हुन्न । हिजो राजाको पालामा न्यायालयमा त्यति अधिकार थिएन । तर, अहिले २०७२ को संविधानपछि न्यायालयलाई धेरै अधिकार छ । सरकार नै परिवर्तन नै गर्नसक्ने न्यायलय आज कुन ठाउँमा पुग्यो ?’ कार्यक्रममा बोल्दै उनले भने ।
श्रेष्ठले अहिलेको प्रधानन्यायधीशले पदको गरिमालाई कायम गर्न नसकेको पनि गम्भीर आरोप लगाए ।
उनले भने,‘राष्ट्रपतिले गरिमा कायम गर्न नसकेको जस्तै अहिलेको प्रधानन्यायाधीशले पनि नसकेको हो । न्यायालय सम्पादन गर्ने कुरामा पनि प्रधानन्यायाधीशले ठीक काम गर्नुभएन । हरिकृष्ण कार्कीको नेतृत्वको समितिले रिपोर्ट ल्यायो, त्यो कार्यान्वयन भएको छैन् ।’
‘उहाँले जुनियर न्यायाधीशलाई साथमा लिएर महत्वपूर्ण फैसला गर्ने काम पनि गर्नुभयो । उहाँ विवाद विवादैमा पर्नुभयो । राजदूत, मन्त्री, संवैधानिक निकायमा कोटा खोज्नुभयो । त्यस्तो कोटा चाहिने मान्छेले दल खोज्नुपर्छ । न्यायलयमा अनियमितता र भ्रष्टाचार भएको छ, कमजोरी भएको छ भन्ने कुरा छ । राजनीतिक दलकोजस्तो व्यक्ति प्रधानन्यायाधीशमा रहनुहँदैन ।’ भने ।