केपी ओली र प्रधानन्यायाशीश जबराबीच कुरा मिल्यो, देउवा–प्रचण्ड जेल जानसक्ने

मंगलबार, ९ कार्तिक २०७८

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच कुरा मिलेको छ । उनीहरु दुई जनाले परामादेश दिन गलत भएको बताउन थालेका छन् ।

आफूलाई मार्गप्रशस्त गर्न आग्रह गरेका १४ न्यायाधीशहरूलाई कडा जवाफ फर्काउँदै उनले परमादेश दिने सबै न्यायाधीशले राजीनामा दिन पर्ने बताएका हुन् । उनले प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने भए आफू मार्ग प्रशस्त गर्न तयार रहेको बताए ।

स्रोतका अनुसार राणाले न्यायाधीशहरूसँगको भेटघाटमा भने, ‘अरु न्यायाधीशहरूमाथि पनि प्रश्न उठेका छन् । प्रश्न उठेका सबैले राजीनामा दिउँ, म पनि मार्गप्रशस्त गर्छु । होइन भने मिडियाबाट उठेका विषयकै आधारमा राजीनामा दिँदै जाने हो भने न्यायापालिका बच्न सक्दैन ।’

राणाले आफ्नो नियुक्ति संवैधानिक भएकाले बहिर्गमन पनि संवैधानिक तबरबाटै हुने बताएका थिए । प्रधानन्यायाधीश राणासँग छलफल सकेर १४ न्यायाधीश फेरि आपसी छलफलमा जुटेका छन् ।

उनीहरुले आज पनि इजलासमा भाग लिएका छैनन् ।

त्यस्तै, प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष ओलीले पनि प्रधानन्यायाधीशकै भाषा बोलेका छन् । उनले शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि परमादेश गर्ने पाँचैजना न्यायाधीशले राजीनामा दिँदा राम्रो हुने बताएका छन् ।

उनले न्यायाधीशहरू पोल खोलाखोलमा उत्रिँदा सर्वोच्च अदालतको मानमर्दन भएको टिप्पणी गरे ।

एमालेको पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्दै ओलीले भने, ‘न्यायाधीशहरू आफैं कसले के–के गरेको थियो भनेर उधिन्न थाल्नुभएको छ । आफैं उधिन्दै जाँदा विभिन्न कुरा निस्किन थालेका छन् । यदि परमादेश पाँचै जनाले गर्नुभएको थियो भने एकजनाले मात्र किन राजीनामा दिने ? पाँचै जनाले राजीनामा गरे उपयुक्त होइन र ?’

अदालतलाई मर्यादित र निर्विवाद बनाउन ओलीले सुझाव दिए । अदालतलाई विवाद र तमासाको थलो बन्न नदिन उनको आग्रह छ ।

ओलीले थपे, ‘यो न्यायाधीश राख्नुहुन्छ यो राख्नुहुन्न भन्ने । यो राखे आफू नबस्ने भन्ने । बारले इजलास गठन गर्ने । अधिवक्ताले इजलास गर्ने । पोल खोलाखोल गर्दै गर्ने । यो ठीक भएन ।’

श्रोतका अनुसार सत्तारुढ गठबन्धन आफू विरुद्धमा यसैगरी लागे द्वन्द कालका मुद्धाहरु पल्टाएर एकएक गर्दै जेल पठाउने चेतावनी दिएका छन् । विशेषगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्ना वकिलहरु लगाएर राजीनामा माग्न लगाएका छन् ।