प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे प्रचण्डले पनि मुख खोले
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउने विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख खोलेका छन् ।
उनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोग लगाउने विषयमा सत्तारुढ गठन्धनमा छलफल नभएको बताएए ।
मंगलबार चितवनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले महाअभियोगको विषयमा चर्चा र छलफल नै नभएको बताए ।
‘गठबन्धनमा त्यस्तो छलफल भएको छैन, हिजोमात्र हामी गठबन्धनका तीनवटा पार्टी जुटेका थियौं । तर पाँचवटै पार्टी जुटेर छलफल गर्ने भन्ने भएको छ’ उनले भने ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले न्यायालयको स्वतन्त्रता र गरिमा कतैबाट जाँच नआओस् भन्ने कुरामा सबै सतर्क हुनुपर्ने बताए ।
हाल न्यायालयमा देखिएको विवाद एक– दुई दिनभित्रै निष्कर्षमा पुग्ने आशा गरेको पनि प्रचण्डले बताए ।
‘न्यायालयमा जुन डिबेट चलिरहेको छ ।
एक दुई दिनभित्र निष्कर्षमा पुग्छ भन्ने लाग्छ । तर पनि हामी के कुरामा सतर्क हुनुपर्यो भने कार्यपालिका न्यायपालिका, व्यवस्थापिकाले आफ्नो स्वतन्त्रता र गरिमा कायम राख्न बल गर्नैपर्छ’ उनले भने ।
यसअघि एमालेले पनि महाअभियोग लगाउने विषयमा कुनै छलफल नभएको बताएको थियो । कांग्रेसले पनि महाभियोग लगाउन नहुने बताउँदै आएको छ ।