अफिसबाट बल्ल घर पुगेका कुलमानले सुनपर्यो अत्यन्तै खुशीको खबर
काठमाण्डौ – नेपाली विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बेलुका पख अत्यन्तै खुशीको खबर सुन्न परेको छ ।
विद्युत खपत हुन नसकेर खेर गइरहेका बेलामा कुलमान घिसिङले विद्युत खपत हुने योजना सुनेपछि खुशी भएका हुन् । सरकारले अब गाडि खरिद गर्दा विद्युतीय गाडि मात्र खरिद गर्ने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले विद्युतीय गाडीलाई सरकारले बढवा दिने बताइन् ।
आज मङ्गलवार काठमाण्डौमा महिन्द्रा कम्पनीको आठ लाख ४० हजारको विद्युतीय अटो सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भुसालले विद्युतीय यातायातलाई सरकारले बढवा दिने बताएकी हुन् ।
उनले आजसम्म नेपालीलाई चाहिने जलविद्युतको पर्याप्त उत्पादन गरिसकेको बताउँदै अबको बाटो आफ्नै देशमा विद्युतीय गाडीसहित विद्युतीय सामानहरू बढाउने रहेको बताइन् ।
मन्त्री भुसालले असन्तुलित अर्थतन्त्रलाई सन्तुलित बनाउन विद्युतीय गाडीले सहयोग गर्ने पनि स्पष्ट पारिन् ।
विद्युतीय गाडीले रोजगारीमा पनि सहयोग पुग्ने बताउँदै उनले विद्युतीय गाडीलाई बढवा दिन अब काठमाण्डौ उपत्यकाका सरकारी कार्यालयहरूमा र उपत्यकामा सबै विद्युतीय गाडी खरिद गर्ने नीति सरकारले ल्याएको बताइन् ।
मन्त्री भुसालले सरकार विद्युतीय गाडीलाई स्थापित गर्न सहुलितयका लागि सरकार तयार रहेको बताइन् ।
उनले आउँदो मङ्सिर १ गतेदेखि २० युनिटसम्मको बिजुली बाल्नेहरूलाई निःशुल्क दिने, घरेलु खपत घटेको महसुल र सिँचाइमा घटेको महसुल लागू हुने बताइन् ।