विप्लवले भने, ‘जनयुद्ध माओवादीका लागि लडिको थिएन्’

शनिबार, १३ कार्तिक २०७८

घोराही – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले जनयुद्ध माओवादीका लागि नलडिएको बताएका छन् ।

पार्टीको सहायक संगठन युवा संगठन नेपालको चौठो राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा विप्लवले जनयुद्ध माओवादीका लागि नभइ जनताको मुत्तिका लागि लडिएको बताए ।

‘श्रमिक, किसान, मजुदुर, असहाय, पीछडिएको बर्ग, दलित, जनजाती, मुस्लिम समूदायका लागि जनयुद्ध लडिएको थियो । उहाँहरुको मुक्तिका लागि हामी ज्यान दिएका लागेका थियो ।’ उनले भने, ‘तर केही मुठ्ठी भएरका व्यक्तिले आफ्ना लागि जनयुद्धलाई विषयान्तर गरे ।’

जनताको मुक्तको लागि जनयुद्ध लडिएको भएपनि प्रचण्डले माओवादी नेताहरुका लागि लडेको जसरी प्रयोग गरेको बताए । उनले जनताबाट टाढा जाँदा माओवादी आन्दोलनमा बिचलन आएको टिप्पणी गरे ।

नेकपा निकट युवक संगठन नेपालको चौथो रास्ट्रिय सम्मेलनलाई शुक्रबार दाङको घोराहीमा उद्घाटन गर्दै प्रचण्ड, बादल र बाबुरामले मुक्तिको सपना भरिदिँदा जनयुद्धमा हाम फालेको स्मरण गरे ।

उनले सपनाबाट बिचलन हुँदा जनताकोबीचबाट माओबादी आन्दोलन कमजोर बनेको उल्लेख गरे । पूर्व माओवादी मात्र नभएर समग्र कम्युनिष्ट विचारधाराहरुको ध्रुविकरण जरुरी भएको उनो भनाई थियो ।

‘माओवादीका साथीहरुले पनि एकताको कुरा गर्नुहुन्छ । ध्रुविकरणको कुरा गर्नुहुन्छ ।’ उनले भने, ‘तर क्रान्तिका लागि तयार हुनुहुन्न । सच्चा कम्युनिस्ट हुन तयार हुनुहुन्न । त्यही दलाल संसदीय व्यवस्थामा बसेर एकता हुँदैन् । एकताका लागि परिवर्तन हुन तयार हुन पर्छ ।’

फरक प्रसङ्गमा उनले प्रधानन्यायधीश चोलेन्द्र शमसेर राणाको आँगनमा कुटाकुटले मुलुक असफल भइसकेको बताए ।

उनले कुनैदिन न्यायाधीशबिच नै कुटाकुट भएको खबर सुन्नुपर्ने अवस्था आएमा कुनै आश्चर्य नमान्ने बताए ।