के भगवानले मानिसलाई सफल बनाउँछन् ? यस्तो छ वैज्ञानिक तथ्य
काठमाडौँ – जो व्यक्ति चमात्कार र ईश्वर कृपामाथि विश्वास गरेर निहत्था, विनाकारण बसिरहन्छन् र सोच्छ कि जे हुनु छ आफ से आफ नै हुन्छ, तिनीहरू वास्तवमा मुर्ख हुन् । विना कामका अल्छी व्यक्तिले मात्र यस्तो कुरा सोचेर दिन बिताउँछ । दैवी चमत्कारको आशामा त्यत्तिकै बसिरहनु मूर्खता शिवाय केही हैन ।
कर्मबाट मात्र फल मिल्दछ । संसारका कुनै धर्मले पनि विना काम बसिरहू, भगवान्ले तिम्रो खाने, पिउने सबै व्यवस्था गरिदिन्छन् भनेर सिकाउँदैन । भक्तियोगको कुरा गर्नेले पनि केही न केही काम त गरेकै हुन्छ ।
आफ्ना भक्तको जिम्मेवारी भगवानले लिइहाल्छन् भन्ने मानिसहरू के बिर्सन्छन् भने भगवान् पनि त्यस्ता व्यक्तिलाई मात्र सहयोग गर्दछन् जो आफ्नो सहायता आफै गर्दछ ।
(God helps those who help themselves. – Algernon Sidney, 1622-1683) भगवानले तपाइँलाई मान्छेको जनि दिएका छन, बद्धि दिएका छन्, हात(खुट्टा दिएका छन्, शक्ति दिएका छन्, यसको प्रयोग त एकचोटि गर्नुहोस् – पौरख गरेर देखाइदिनुहोस् भगवान्लाई । तपाइँ भगवान्को अंश हुनुहुन्छ । भगवानको अंशमा भगवानको शक्ति र प्रेरणा दुवै हुन्छ ।
यिनीहरूलाई चिन्नुहोस् र यसको सदुपयोग पनि गर्नुहोस् । आफ्नो उद्देश्यको लागि सम्पूर्ण शक्तिको प्रयोग गर्नुहोस र परिश्रमको बलले लक्ष्य प्राप्ति गरेर छाड्नुहोस् । आज यदि परिश्रम गर्नुहुन्छ भने यसको कुनै कारण छैन कि तपाईं लक्ष्यमा पुग्नुहुन्न ।
परिश्रम व्यर्थमा खेर जाँदैन । कर्मको फल मिल्छ, मिल्छ । एकपटक एक व्यक्तिले एउटा सफल व्यक्तिसँग भन्यो, ‘संसार अचम्म छ । सफलताका कैयौं घटनाको पछाडि दैवसंयोग भन्ने कुरा जोडिएको हुन्छ ।’ त्यस सफल व्यक्तिले जवाफ दियो, ‘यो कुरा सरासर गलत छ । यदि यस्तो हुन सक्थ्यो भने ग्रीक भाषा नसिकिकन इलियटलाई बुझ्न सकिन्थ्यो होला ।’
यसको अर्थ के हो भने कुनै भाषा परिश्रमपूर्वक नसिकिकन त्यस भाषाको साहित्य बुझन सकिंदैन । परिश्रमको शिवाय अर्को कुनै त्यस्तो बाटो छैन जसले हामीलाई सफलतासम्म डोऱ्याउँछ ।
अलेक्जेन्डर हेमिल्टन भन्छन्, ‘केही मानिस मेरो सफलताको श्रेय मेरो बुद्धिलाई दिन्छन् । तर मलाई चाहि के कुरा थाहा छ भने कठिन परिश्रमको अर्को नाम नै बुद्धिमत्ता हो ।’
संसारका सफल मध्येका एक व्यक्ति ड्यानिएल वेस्टरले एकपटक भनेका थिए, ‘परिश्रम गर्न पछि नहट्नुहोस् । ७७ म अहिले जे छु त्यो मेरो मेहनतले बनेको हुँ । मैले आजसम्म परिश्रम नगरिकन एक गाँस पनि खाएको छैन ।’
प्रसिद्ध वैज्ञानिक एडिसन बालक कालदेखि नै परिश्रमी थिए । उनी कहिल्यै त्यत्तिकै बसिरहँदैनथे । कुनै न कुनै काममा लागिरहन्थे । परिश्रमकै कारण उनी महान बन्न सके । सानैदेखि उनले परिश्रम गर्ने बानी बसालेका थिए ।
धेरैजसो व्यक्ति परिश्रम गर्न लाज मान्छन् । उनीहरू शारीरिक परिश्रम गर्न अप्ठ्यारो मान्छन् । उनीहरूलाई शारीरिक परिश्रम तुच्छ काम हो भन्ने लाग्दछ । जबकि संसारमा तुच्छ काम भन्ने कुनै काम नै छैन । मेहनत उत्कृष्ट र पवित्र कार्य हो ।
परिश्रमको कमाइबाट जुटाएको सुख्खा रोटी, ढाँट र छलबाट कमाएको सम्पत्तिले जोरेको हलुवाभन्दा कता हो कता मिठो हुन्छ । जो व्यक्ति बेरोजगारीको दिनमा ठेलगाडा चलाएर छाक टार्छ ऊ कुनै कामचोर अपराधीभन्दा कैयौं गुणा महान् छ ।
यस्ता अपराधी परिश्रम गर्नबाट डराएका मानिस हुन् । यिनीहरू निराश भइसकेका मानिस हुन् । यिनलाई त न भगवान्प्रति भर छ, न आफू प्रति नै ।