भयङ्कर जोखिम उठाउँदै रमेश खरेल, प्रचण्डको मनमा चिसो पस्यो
काठमाडौं – नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) तथा अभियान्ता रमेश खरेलले ठूलो जोखिम उठाउने भएका छन् ।
ल्याङ–ल्याङ गरेर नेताहरुले देश बर्बाद पारेको भन्दै खरेलले ठूलो जोखिम उठाउन लागेका हुन् । त्यसका लागि उनले भोली भोली अर्थात शुक्रबार ठूलो घोषणा गर्न लागेका छन् ।
उनी अब औपचारिक रुपमै राजनीतिमा आएर ठूलो पार्टीहरुलाई बढार्ने भएका हुन् ।
खरेलले शुक्रबार एक भेलामार्फत् पार्टी गठनको घोषणा गर्दै छन् । खरेलको नेतृत्वमा नेपाल सुशासन पार्टी गठन हुन लागेको हो।
‘नेपाललाई समृद्ध, सफल र शक्तिशाली देश बनाउने थुप्रै सम्भावनाहरु छन्’, खरेलले भने, ‘तर, हाम्रो देश राजनीतिक अस्थिरता, कुशासन, भ्रष्टाचार जस्ता कारणले गर्दा विकासको गति लिन पाएन।’
उनले भने, ‘तसर्थ सबै नेपालीको मर्म बुझ्न सक्ने, नेपाललाई सफल र शक्तिशाली देशको रुपमा स्थापित गर्न सक्ने, मानवता, विकास र समृद्धिलाई स्थापित गर्ने उद्देश्यसहित नेपाल सुशासन पार्टी गठन गर्न भेला आयोजना गरेका छौं।’
खरेलले प्रस्तावित यो पार्टीका नाममा अभियान पनि चलाउँदै आएका छन्। अहिले उनी सो पार्टीको संयोजकको रुपमा रहेका छन्।
‘मेरै कारण एमालेका पूर्व उपाध्यक्ष बामदेव गौतमको राजनीति समाप्त भयो । अब सिध्याउने पालो प्रचण्डको हो ।’ उनले भने, ‘१७ हजारका हत्यारा प्रचण्ड शक्तिमा रहँदासम्म नेपालको विकास सम्भव छैन ।’
उनको यो घोषणाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल )प्रचण्ड)को सातो गएको छ ।