यस्तो रहेछ पौडेल समूहमा सहमति नहुनुको गाँठी कुरा, देउवाका दूतले खोले रहस्य

शुक्रबार, २४ मंसिर २०७८

काठमाडौँ – नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अहिलेसम्म सभापतिको साझा उम्मेदवार बनाउन सकेको छैन । पौडेल स्वयमले आफू सभापतिमा नउठ्ने बताउँदा पनि सहमति हुन सकेका छैन् ।

सभापतिमा काठमाडौँमा राम्रो जनाधार भएका प्रकाशमान सिंह र कोइरालाको विरासत बोकेका शेखर कोइरालाले दावि गरिरहेका छन् । उनीहरु दुबै जना पछि हट्ने पक्षमा नभएपछि पौडेलले राजनीतिबाटै सन्यास दिने चेतावनीसमेत दिएका थिए ।

दुई नेताबीच सहमति नहुनुको गाँठी कुरा बाहिर आएका छ । देउवाका लागि सबैभन्दा बलिया उम्मेदवार पौडेललाई जसरी पनि उम्मेदवार बन्नबाट रोक्न देउवा समूह लागि परेको छ । सभापतिमा आफूलाई अरु नेताहरुले टक्कर दिन नसक्ने देउवाको विश्लेषण पछि पौडेल समूहमा लफडा भएको हो ।

त्यही विश्लेषणलाई आधार बनाएर देउवाले प्रकाशमान सिंह, पौडेल र कोइरालाका घरमा छुट्टा छुट्टै दूत पठाएर छुस्की लगाएका छन् । दूतले सिंहलाई सभापतिमा दावि नछोड्न उस्काएका छन् । त्यसको बदलामा देउवाले राष्ट्रपति वा प्रधानमन्त्री बनाउने बचन दिएको श्रोतको दावि छ ।

देउवालाई सहमतिमै सभापति बनाउन भन्दै अर्को टोलीले पौडेल कहाँ कुरा पुर्याएको छ । त्यसको बदलामा पौडेललाई राष्ट्रपति बनाउने भन्दै देउवाले सुपारी पठाएका छन् ।

यता शेखरलाई देउवाका दूतले कोइराला परिवारको विरासत भएकाले जित निश्चित भएको भन्दै नछोड्न दवाव दिएका छन् । यसरी देउवाले तीन तिर दूत पठाए पछि पौडेल समूहमा किचलो भएको हो ।

सभापतिमा साझा उम्मेदवार तय गर्न पौडेल समूहमा दिनहुँजसो छलफल भइरहेका छन् तर सहमतिभन्दा असझदारी बढ्दै गएको छ । यसको मुख्य कारण देउवाको दूत हुन । चार आकांक्षीमध्ये वरिष्ठ नेता पौडेल र महामन्त्री डा. शशांक कोइरालाले सहमतिका लागि लचकता देखाएपनि पूर्वमहामन्त्री प्रकाशमान सिंह र शेखर कोइरालाले एकअर्काको नेतृत्व स्वीकार गरेका छैनन् ।

नेताहरुले विकल्पका रुपमा वरिष्ठ नेता पौडेलको नेतृत्वमा दुबै नेता पदाधिकारीमा बस्ने विकल्प पनि सुझाएका छन् । सभापतिका आकांक्षीहरुलाई सहभागी नगराइएको केन्द्रीय सदस्यको बिहीबारको बैठकमा यो विकल्पबारे छलफल भएको थियो ।

नेताका अनुसार सभापतिका आकांक्षी डा. कोइराला सकारात्मक भएपनि सिंहले मानेका छैनन् । केन्द्रीय सदस्यहरुको सुझाव लिएर पूर्वमहामन्त्री सिंहलाई भेट्न नेताहरु अर्जुननरसिंह केसी, महेश आचार्य र बलबहादुर केसी चाक्सीबारी पुगेका थिए ।

तर नेता सिंहले सहमति भए आफ्नै नाममा गर्न नेताहरुलाई जवाफ फर्काएका थिए । ‘म कुनै पनि हालतमा सभापतिको उम्मेदवारीबाट पछाडि हट्दैन,’ नेता सिंहले भने, ‘सर्वसम्मत उम्मेदवार बनाउने भए मेरो नाममा गरौं, होइन भने म अगाडि बढिसकेको छु । मैले मात्रै त्याग गर्नुपर्ने भन्ने छैन ।’ उनले सभापतिमा मनोनयन दर्ता गर्ने प्रष्ट पारे ।

नेता सिंहले अडान नछोडेपछि सभापतिका अर्का आकांक्षी शेखर कोइरालाले पनि प्रचार प्रसार सुरु गरेका छन् । उनले ‘एक पटकका लागि यसैपटक’ भन्ने नारा अगाडि सारेका छन् । यही कारण पौडेल समूहमा साझा उम्मेदवार उठाउने प्रयास सफल हुनेमा नेता कार्यकर्ताहरु आशंका गर्न थालेका छन् ।