नेपाली जनतालाई खुशी दिलाउने भाजपा नेता हर्ष वर्धनको एक शब्द
काठमाडौँ — नेपाली कांग्रेसको १४औं महाधिवेशन काठमाडौँमा सुरु भएको छ । अहिले विदेशी पाहुनाहरुले महाविधवेशनको सफलताको शुभकामना दिएर गइसकेका छन् ।
भारतीय जनता पार्टी (भाजेपी)का नेता हर्ष वर्धनले नेपालले विश्वलाई ठूलो सन्देश दिएको बताएका छन् ।
एक अर्कोको कार्यक्रममा सहभागी हुने नेपाली राजनीतिक दलहरुको संस्कारको प्रशंसा गर्दै उनले नेपालबाट विश्वलाई एकताको सन्देश दिएको बताए ।
नेपाली कांग्रेसको जारी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो संस्कार संसारमा कतै पनि नदेखिएको बताए ।
‘नेपालमा एकै पटक धेरै प्रधानमन्त्रीहरुलाई मञ्चमा देख्दा खुसी लागेको छ । एउटै मञ्चमा यति धेरै पूर्व–प्रधानमन्त्रीहरु भारतमा पनि देखेको छैन,’ वर्धनले भने, ‘दुनियाँमा उदाहरण रहेको छैन ।’
उनले भने, ‘यो सबै विचारधाराको मानिसको अटाउनु सकेको छ । राजनीति सानो छातीले हुन सक्दैन ।’
यसै महिनामा चितवनमा भएको एमालेको १० औं महाधिवेशनमा बिजेपीका प्रतिनिधि बनेर आएका वर्धनले शेरबहादुर देउवाको सहभागिता रहेको विषयलाई समेत स्मरण गरेका थिए ।
कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्दको सहभागिता रहेको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेयता उनीसँग प्रचण्ड र माधव नेपालको राम्रो सम्बन्ध रहेको छैन भने पछि सर्वोच्चको आदेशको बलमा एमाले र माओवादी ब्यूँतिएको थियो । यता माधव नेपालले एमाले नै विभाजन गरेका थिए ।