प्रचण्डले औंला देखाउँदै ओलीलाई के भने ?
काठमाडौं– नेपाली कांग्रेसको १०औं महाधिवेशन काठमाडौँमा जारी छ । पहिलो दिनको उद्घाटन सत्रमा विभिन्न दलका शिर्ष नेताहरु एउटै मन्चमा देखिए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले अध्यक्ष केपी शर्मा ओली १ बर्षपछि एउटै मन्चमा देखिए ।
त्यस्तै एमाले फुटाएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपाल पनि ५ महिना पछि ओलीसँग एउटै मन्चमा देखिए ।
संसद विघटन र नेकपा विभाजनपछि नेकपा एमालेका अध्यक्ष ओलीसँग माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालको सम्बन्ध हार्दिकतापूर्ण छैन ।
उनीहरुले संसद विघटनयता मञ्च सेयर गरेका थिएनन् । तर शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा भने उनीहरु एउटै मञ्चमा बसे ।
तर ओली र माधव नेपालबीचको तिक्तता मञ्चमा पनि देखियो भने ओली र प्रचण्डले आपसमा संवाद र हाँसो ठट्टा गरे ।
प्रचण्डले मन्तव्य राखेर फर्किँदै गर्दा ओलीले ताली बजाए, त्यस क्रममा उनीहरुबीच हाँसो ठट्टा भएको थियो । मञ्चमा बसिसकेपछि पनि उनीहरुले संवाद गरेका थिए ।
प्रचण्डले अब हाम्रो भेट संसदमा हुने छ भनेका थिए ।
ओलीको ठिक पछि बसेका एक नेताका अनुसार संवादमा कायम गतिरोध अन्त्य गर्नका लागि प्रचण्डले ओलीलाई आग्रह गरेका थिए ।