को हुन् कांग्रेसको १४ महाधिवेशनमा उम्मेदवारी दिने शान्ति ?

शनिबार, २५ मंसिर २०७८

काठमाडौँ – नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनमा ९१ वर्षीया शान्ति कार्कीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छन्।

९१ बर्षीय कार्कीले महिला खुला केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएकी हुन् ।

उनी पर्साबाट नेपाली कांग्रेस पार्टीमा राजनीतिमा सक्रिय छिन्।

त्यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापतिको मनोनयन दर्ता गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका देउवा आफैं भृकुटीमण्डपमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन्।

संस्थापन प्यानलमा उपसभापतिको उम्मेदवारमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का छन्।

महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल छन्।

पौडेल सिटौला समूहबाट महामन्त्रीका उम्मेदवार बनेका हुन्।

संस्थापन समूहबाट आठ जनाको टुंगो लागेको छ।

जसअनुसार आदिवासी जनजातिमा भीष्मराज आङ्देम्बे, दलितमा मानबहादुर विक, महिलामा डिना उपाध्याय, मधेशीमा महेन्द्र यादव र खस आर्यमा किशोरसिंह राठौर, थारुमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रमा जीवनबहादुर शाही उम्मेदवार बनेका छन्।