कांग्रेस महाधिवेशन : १३४ पदमा ५४८ को उम्मेदवारी, कुन पदमा को ? सूचीसहित
काठमाडौँ – नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदमा ६ जनाको उम्मेदवारी परेको छ ।
उपसभापतिमा सात जनाको उम्मेदवारी परेको छ भने महामन्त्रीमा ६ जनाको उम्मेदवारी परेको छ ।
सहमहामन्त्रीमा २० जनाको उम्मेदवारी परेको काँग्रेसको केन्द्रिय निर्वाचन आयोगले जनाएको छ ।
केन्द्रीय सदस्यका विभिन्न क्लस्टरमा ५०९ जनाको उम्मेदवारी परेको छ ।
कूल १३४ पदमा ५४८ जनाको उम्मेदवारी परेको छ ।
सभापतिमा शेरबहादुर देउवासहित विमलेन्द्र निधि, डा. शेखर कोइराला, प्रकाशमान सिंह, युवराज न्यौपाने र कल्याण गुरुङको उम्मेदवारी परेको छ ।
उपसभापतिमा महेश अचार्यसहित सुजाता कोइराला, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, दिवेश्वरी शाह, विजयकुमार गच्छदार छन् ।
त्यस्तै, महामन्त्रीमा विश्वप्रकाश शर्मा, गगन थापा, मिनेन्द्र रिजाल, प्रदिप पौडेल, डा. राजाराम कार्की, डा. रामशरण महतको उम्मेदवारी परेको छ । फोटो रातोपाटी
