कसको हो कांग्रेस महाधिवेशनमा भाइरल भएको कार ?
काठमाडौँ – काँग्रेस महाधिवेशन राजधानीको भृकुटीमण्डपमा जारी छ । जारी महाधिवेशनमा नेतृत्वका लागि अहिले मतदान भइरहेको छ ।
नयाँ कार्यसमितिका लागि सोमबारबाट मतदान सुरु भएको हो ।
मतदान चलिरहँदा उम्मेदवारहरु मत माग्न दिनभर व्यस्त रहे ।
यसैबीच प्रदर्शनीमार्गमा अर्को रोचक दृश्य पनि देखियो । जहाँ रातो कार पुरै उम्मेदवारहरुको प्रचार सामग्रीले ढाकिएको थियो ।
कुनै गुट विशेषको भन्दा पनि धेरैभन्दा धेरै उम्मेदवारको प्रचारसामग्री त्यसमा थियो ।
जुन कार सोमबार दिनभरजसो भृकुटीमण्डप क्षेत्रमै थियो ।
सो कारलाई पृष्ठभूमि बनाएर नेता कार्यकर्ता सेल्फी खिच्न समेत व्यस्त देखिन्थे ।
धेरैको ध्यान त्यही कारले खिचेको थियो ।
उक्त कार कसको हो र किन राखिएको हो ? भनेर कसैले खेलाएको छैन् ।