आज त देउवाले उत्पातै मच्चाए, ओलीको पनि होस खुल्यो
काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट शक्तिशाली भएर आएका सभापति शेरबहादुर देउवाले विपक्षीको समेत होस खुल्ने गरी परिपत्र जारी गरेका छन् ।
उनलले मतदाता नामावलीमा नाम दर्ताका लागि तत्कालै ‘विशेष आन्तरिक अभियान’ अगाडि बढाउन जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएपछि विपक्षीको समेत होस खुलेको हो ।
सभापति देउवाको निर्देशनमा पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सबै जिल्ला कार्यसमितिहरूलाई परिपत्र गरेर १८ वर्ष उमेर पुगेका नागरिकहरूको नाम स्थानीय तहसम्म पुगेर दर्ता गराउन आग्रह गरेका हुन् ।
‘२०७९ सालमा हुने स्थानीय, प्रदेश र संघीय निर्वाचनमा मतदाता बन्न १८ वर्ष उमेर पुगेका नागरिकहरूको नाम निर्वाचन आयोगले स्थानीय तहसम्म पुगेर दर्ता गरिरहेको छ’, परिपत्रमा भनिएको छ, ‘आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन यो समय नाम दर्ताका लागि पार्टीको सम्पूर्ण पंक्ति सजग र सक्रिय बन्न आवश्यक छ ।’
परिपत्रमा भनिएको छ, ‘यो परिपत्र प्राप्त भएको लगत्तै बैठक बसेर सबै तहमा प्रतिनिधि पठाइ भ्रातृ र शुभेच्छुक संस्था समेत परिचालित गरेर सम्पूर्ण ध्यान, समय र मिहेनत नाम दर्तामा केन्द्रित गर्न, गराउन पार्टीका सबै तहलाई सु–सूचित र परिचालित गर्नु हुन निर्देशानुसार अनुरोध गरिन्छ ।’
‘जिल्लाका प्रत्येक वडामा यो परिपत्र दर्ता हुने मतदाताको कुल संख्या र त्यसमा नेपाली कांग्रेस निकट मतदाताको विवरण पार्टीको वडा समितिबाट लिएर एकप्रति जिल्लामा राख्न र एकप्रति केन्द्रमा पठाउनु हुन पनि निर्देशानुसार आग्रह छ’, परिपत्रमा भनिएको छ ।
आगामी निर्वाचनमा कांग्रेस र कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउने जिम्मेवारी उठाएका सभापति देउवाको यो कदमले एउटा इट्टा थपिएको छ ।
कांग्रेसले आफ्ना मतदाताहरूको पहिचान शुरु गरेको छ ।
यो परिपत्र सुनेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत आन्तरिक छलफल सुरु गरेका छन् । अहिले जति मतदाता बढाउन सकिन्छ चुनावमा समेत त्यसले प्रभाव पार्ने भएकाले ओली होस् खुलेको हो ।