माधव नेपालको पार्टीका लोकप्रिय नेता तथा पूर्वमन्त्री एमाले प्रबेश
काठमाडौँ – पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का पोलिटव्यूरो सदस्य यदुवंश झा नेकपा एमालेमा प्रवेश गरेका छन् ।
एमाले विभाजन हुँदा समाजवादीतिर लागेका झालाई एमाले अध्यक्ष केपी ओलीले खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।
प्रदेश २ मा प्रभावशाली नेताका रुपमा रहेका झालाई एमालेमा ल्याउन स्थायी कमिटी सदस्य प्रभु साह र केन्द्रीय सदस्य सन्जिव कुमार झाले भूमिका खेलेका थिए ।
झा तत्कालीन नेकपाका केन्द्रीय सदस्य थिए । उनी २०७० मा माले समाजवादीका सहअध्यक्ष थिए ।
त्यतिखेर तत्कालीन एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले झालाई पार्टी प्रवेश गराएका थिए । नेकपा एमाले विभाजन हुँदा एकीकृत समाजवादी रोजेका झा ६ महिना पछि एमाले फर्किएका हुन् ।
नेकपा एसमा परिवारवाद हावि भएको भन्दै उनी एमाले फर्किएका हुन् ।