जनपत्रकार संगठन नेपाल काभ्रेको प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा नकुल
काभ्रे – जनपत्रकार सङ्गठन नेपाल काभ्रेको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भेलाले सङ्गठनका जिल्ला संयोजक नकुल चौलागाईंको अध्यक्षतामा ७ सदस्यीय जिल्ला समिति चयन गरको छ ।
शनिबार सम्पन्न भेलाको अध्यक्षता सबिना लामाले गरेकी थिइन् भने नेपाल कम्युनिस्ट पाटीका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज आधारको प्रमुख आतिथ्य रहेका थिए ।
सोही भेलामा काभ्रेको जिल्ला समिति सदस्य कमरेड प्रेरक किरण शिक्षक संघठनबाट रत्न बहादुर महतको उपस्तिथि रहेका थियो ।
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य आधारले जनपत्रकार संघठन नेपाल शान्ति सेना भएको बताए । उनले सेनाले शान्ति पूर्ण तरिकाले अन्याय तथा शोषणमा परेका समुदायको पक्षमा सधैँ आवाज बुलन्द पार्नुपर्ने उल्लेख गरे ।
संगठनका दुर्इ सार रहेको पनि प्रस्ट पार्दै उनले क्रान्तिलाई विजयमा पुर्याउन त्यसको खोज अनुसन्धान गर्नु पर्ने बताए । जनपत्रकारले गर्ने पत्रकारिता ‘मिसन पत्रकारिता’ भएकाले यसबाट राज्य सत्ता डराउने गरेको बताए ।
यस्तै कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी भुम्लु गाउँ पालिका, चौरी गाउँपालिका सेक्रेटरी कृष्ण, सेवा कार्यलय सदस्य प्रेरक, प्रमोद गिरि लगायतले शुभकामना मन्तब्य व्यक्त गर्दै नवनिर्वाचित टिमलाई बधाई तथा शुभकामना दिएका थिए ।