‘खल्ती एप्स’बाट हरायो ग्राहकको करोडौं रकम, कम्पनीका कर्मचारी पक्राऊ
काठमाडौं – ‘खल्ती एप्स’बाट ग्राहकको कराडौँ रकम हराएको पाइएको छ । रकम हराएपछि खोजिगर्दा प्रहरी दुई जनालाई पक्राउ गरेको छ ।
खल्तीको कर्मचारी हुँ भन्दै ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाले दुई युवकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–२ घर भएका १८ वर्षीय निरञ्जनकुमार गुप्ता र १८ वर्षीय करण यादव छन्।
जिल्ला प्रहरी कार्यालय पर्सासँगको समन्वयमा उनीहरुलाई ३० पुसमा पक्राउ गरेर काठमाडौं ल्याइएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आरोपीहरुले खल्ती एप्स प्रयोगकर्तालाई फोन गरेर ‘म खल्ती एप्सको कर्मचारी हुँ, तपाईको खल्ती खाता नवीकरण गर्नुपर्ने रहेछ’ भनेर पीडितलाई विश्वासमा लिने गरेका थिए।
मोबाइल नम्बरमा आउने ओटिपी कोड पाएपछि पीडितको खातामा प्रवेश गरेर त्यहाँ भएको रकम विभिन्न व्यक्तिहरुको बैंक खातामा ट्रान्सफर गर्ने गरेको महाशाखाले जनाएको छ।
आरोपीहरुलाई ठगी मुद्दामा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ।