प्रेम आलेले आइसोलेशनमा बस्दा पनि काम गर्न छोडेनन्, आजै लिए अर्को एक्सन
काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले कोरानाको भाइरसको संक्रमण पछि आइसोलेशनमा छन् । आइसोलेशनमा बसेपछि उनले आफ्नो काम गर्न छोडेका छैनन् ।
मन्त्री आलेले तत्कालिन नेकपा माओवादीले बन्द गराएको कञ्चनपुरको मझगाउँ विमानस्थल संचालनमा ल्याउने गरी आइसोलेशनबाटै काम थालेका छन् ।
मन्त्री आलेले बजेटनै छुट्याएर विमानस्थल सञ्चालनका लागि कस्सिएका छन् ।
दुई दशकदेखि थन्किएको विमास्थलमा भने भौतिक संरचना निर्माणका लागि मन्त्री आलेले कञ्चनपुर पुगेर बुधबार शिलान्यास गरे । शिलान्यास भएसँगै २२ वर्षदेखि बन्द रहेको विमानस्थलको पुनःनिर्माण हुने भएको छ ।
मझगाउँ विमानस्थलमा १ हजार ५ सय मिटरको रनवे, टर्मिनल भवन र ट्याक्सी स्ट्यान्ड लगायत आवश्यक संरचना निर्माण हुने छन् ।
नागरिक उड्डयन प्राधिकरणले भौतिक संरचना निर्माणका लागि २ करोड ५१ लख बजेट विनियोजन गरि ठेक्का सम्झौता समेत गरेको छ ।
निर्माणको जिम्मा कान्छाराम “केएस जेभी” निर्माण सेवाले पाएको छ ।
विमानस्थलबाट पहिले सुदूरपश्चिमका पहाडी जिल्ला बैतडीको गोकुलेश्वर, अछाम, बाजुरालगायत स्थानमा उडान हुन्थ्यो । अनि सातामा एक पटक काठमाडौं पनि उडान हुन्थ्यो ।